KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
प्रतिनिधिसभा निर्वाचनयता पहिलोपटक आफ्नो क्षेत्र सर्लाही पुगे गगन थापा

प्रतिनिधिसभा निर्वाचनयता पहिलोपटक आफ्नो क्षेत्र सर्लाही पुगे गगन थापा

१६ बैशाख, सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनयता पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ आइपुगेका छन्। निर्वाचनको परिणाम आफ्नो प्रतिकूल आएपछि पहिलोपटक गृहजिल्ला पुगेका सभापति थापाले पराजयको समीक्षा गर्दै पार्टीको आधारस्तम्भ बलियो बनाउने उद्देश्यले सक्रियता बढाएका छन् ।

गत निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उमरेसकुमार सिंहसँग पराजित भएका थिए। चुनावी नतिजा सार्वजनिक भएपछि लामो समय काठमाडौँ केन्द्रित रहेका थापाले अब भने मतदातासँगको दूरी घटाउने रणनीति लिएका छन् । आफ्नो सचिवालयका अनुसार, उनी आजबाट सर्लाहीका मतदाताहरूसँग प्रत्यक्ष भेटघाट र संवादमा जुट्नेछन् ।

सभापति थापाको यो भ्रमणको मुख्य उद्देश्य कांग्रेसको ‘जरा अभियान’ रहेको बुझिएको छ। तल्लो तहदेखि नै पार्टी संगठनलाई पुनर्जीवित गर्ने र निर्वाचनले पारेको प्रभावबारे स्थानीय कार्यकर्ताको मनोबल उकास्ने योजनासहित उनी फिल्डमा उत्रिएका हुन्। सचिवालय सदस्य शंकर कुइँकेलका अनुसार, अभियानमा सहभागी भएर उनले पार्टीको आगामी कार्यदिशा र संगठन विस्तारका बारेमा स्थानीय नेता तथा कार्यकर्ताहरूसँग छलफल गर्नेछन् ।

Call Us for Ads

सर्लाही–४ मा दुई दिनको व्यस्त तालिका तय गरेका सभापति थापाले पार्टीको आन्तरिक बैठक र मतदाता भेटघाटलाई प्राथमिकतामा राखेका छन् । चुनावी प्रतिस्पर्धामा भएका तिक्ततालाई बिर्सिएर अब पार्टीलाई कसरी चुस्त र प्रभावकारी बनाउने भन्ने विषयमा उनको ध्यान केन्द्रित रहेको बताइएको छ। सभापति थापा बिहीबार मात्रै काठमाडौँ फर्कने कार्यक्रम छ ।

पराजित भए पनि आफ्नो निर्वाचन क्षेत्रमा सभापति थापाले देखाएको यो सक्रियतालाई कांग्रेस वृत्तमा ‘संगठन पुनरुत्थान’ को रूपमा हेरिएको छ । निर्वाचनमा देखिएका कमजोरी र पार्टीभित्रको आन्तरिक व्यवस्थापनलाई सुधार गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सन्देश दिन थापा सर्लाही पुगेका हुन् ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation