KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
प्राविधिक सांसदलाई बालेनको आग्रह : ‘ज्ञान, सीप र अनुभव देश विकासमा लगाउनुहोस्’

प्राविधिक सांसदलाई बालेनको आग्रह : ‘ज्ञान, सीप र अनुभव देश विकासमा लगाउनुहोस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकासमा अधिकतम उपयोग गर्न आग्रह गरेका छन्।

Advertisement

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, प्राविधिक क्षेत्र र नयाँ विचारमा केन्द्रित हुन जोड दिएका हुन्।

Advertisement

छलफलका क्रममा प्रधानमन्त्री शाहले प्राविधिक विषयमा दक्ष सांसदहरू नीति निर्माण गर्ने महत्वपूर्ण स्थानमा रहेको उल्लेख गर्दै उनीहरूको विशेषज्ञता देश विकासमा उपयोग हुनुपर्ने बताए।

Ad

उनले भने, ‘तपाईंहरू आफैं प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।’

Advertisement

प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकतामा राख्न सुझाव दिए।

Advertisement

निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकाससँग सम्बन्धित प्राविधिक विषय, दीर्घकालीन नीति र नयाँ सोचमा केन्द्रित हुन उनले आग्रह गरे।

छलफलमा सहभागी सांसदहरूसँग मुलुकको विकास, नीति निर्माण तथा प्राविधिक क्षेत्रको प्रभावकारी उपयोगका विषयमा समेत विचार आदानप्रदान भएको थियो।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation