रमा तिवारी हत्या प्रकरणको सफल अनुसन्धान गर्ने डीएसपी बस्नेतसहित ५ प्रहरी पुरस्कृत
दमक । झापाको दमक–८ निवासी २१ वर्षीया रमा तिवारी हत्या प्रकरणको सफल अनुसन्धान गरी अभियुक्तलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतसहित पाँच जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले सोमबार आयोजित एक कार्यक्रममा अनुसन्धानमा खटिएको टोलीलाई नगदसहित सम्मान तथा पुरस्कृत गरेकी हुन्।
पुरस्कृत हुनेहरूमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी हरिबहादुर बस्नेत, प्रहरी निरीक्षक विपन विक, प्रहरी हवल्दार ज्ञानबहादुर बस्नेत, प्रहरी सहायक हवल्दार विरेन्द्र तामाङ र प्रहरी जवान सविन मगर रहेका छन्।
रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक राकेशकुमार पण्डितलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रियामा ल्याएको थियो। घटनापछि सक्रिय रूपमा अनुसन्धानमा जुटेको प्रहरी टोलीले लगातार नौ दिनसम्म गहन अनुसन्धान सञ्चालन गर्दै अभियुक्तसम्म पुग्न सफलता हासिल गरेको थियो।
कार्यक्रममा एसपी खड्काले अनुसन्धान टोलीले आफ्नो जिम्मेवारीप्रति उच्च व्यावसायिकता, समर्पण र प्रतिबद्धता देखाएको उल्लेख गर्दै जटिल प्रकृतिको अपराधलाई छोटो समयमै निष्कर्षमा पुर्याउन सफल भएको बताइन्। उनले यस्ता उपलब्धिले संगठनको मनोबल बढाउनुका साथै समाजमा प्रहरीप्रतिको विश्वास र सुरक्षाको प्रत्याभूति थप मजबुत हुने विश्वास व्यक्त गरिन्।
प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन र सम्मान गर्ने परम्पराले भावी दिनमा समेत अनुसन्धान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३