KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
रसुवा बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाद्वारा १५ लाख रुपैया सहयोग गर्ने घोषणा

रसुवा बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाद्वारा १५ लाख रुपैया सहयोग गर्ने घोषणा

राजन कुमार बानिया / पर्सा १४ भदाैं

रसुवाकाे भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि पर्साकाे जगरनाथपुर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको गाउँ कार्यपालिका (बोर्ड) काे बैठकले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो

अध्यक्ष यादवका अनुसार, गाउँपालिकाे विपद् व्यवस्थापन काेषबाट ५ लाख ५१ हजार तथा गाउँपालिकका जनप्रतिनिधिहरुकाे एक महिनाकाे तलबभत्ता सुविधा बराबरको रकम र गाउँपालिकामा कार्यरत कर्मचारीहरुबाट नेपाल सरकारले ताेके बमाेजिमकाे रकम गरी कूल १५ लाख रुपैयाँ आर्थिक सहयाेग गर्ने निर्णय गरिएको हाे।

Call Us for Ads

आइतबार बाेर्ड बैठकबाट निर्णय गरिएको रकम संकलन गरेर दुई तीन दिनभित्रै प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए।

बाढीका कारण जनधनको ठूलो क्षति व्यहोरेका रसुवा,नुवाकोट,धादिङ लगायतका नागरिकलाई विपद्को यस कठिन समयमा राहत र पुनर्स्थापनामा मद्दत पुगोस् भन्ने उद्देश्यले आकस्मिक बाेर्ड बैठक डाकेर आर्थिक सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation