KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
रास्वपा पर्सा–४ मा नयाँ उत्साह,जगरनाथपुरमा प्रथम बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन।

रास्वपा पर्सा–४ मा नयाँ उत्साह,जगरनाथपुरमा प्रथम बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन।

 

Advertisement

राजन कुमार बानिया

Advertisement

पर्सा ११ कार्तिक

Ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ४ को प्रथम बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम जगरनाथपुर गाउँपालिका-२ पाडेपुरमा सम्पन्न भएको छ।

Advertisement

पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रको नेतृत्वमा आयोजित कार्यक्रममा पार्टीका नेता, पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संगठनलाई थप सुदृढ बनाउने, पार्टीको नीति तथा विचार जनतामाझ पुर्‍याउने र आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

Advertisement

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय टेकबहादुर शाक्यको उपस्थिति तथा सहभागिता रहेको थियो। उहाँले पार्टीको संगठन विस्तार, जनतासँगको सम्बन्ध र जनमुखी राजनीतिक गतिविधिलाई प्राथमिकता दिनुपर्ने विषयमा जोड दिनुभएको थियो।

बैठकमा क्षेत्र नं. ४ अन्तर्गत पार्टीको संगठनात्मक अवस्था, स्थानीय तहमा जनताको अपेक्षा तथा आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाबारे समेत छलफल गरिएको थियो। सहभागीहरूले पार्टीलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रथम बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रमले पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी एकता, सहकार्य र संगठनप्रतिको जिम्मेवारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा परशुराम साह,

प्रियंका पटेल,भारत सिंह,धनञ्जय यादव,बृजेश्वर प्रसाद चौधरी,मनोज कुमार,राजकुमार साह,विनय साह,सुदिल पटेल, राजु पटेल,योगेन्द्र चौरसिया,सुदीप श्रेष्ठ,आनन्द कुमार,सुरज कुमार साह, सुनील कुमार,श्याम कुमार साह,बलिराम साह,कानु रामजी साह,रामकान्त चौधरि उपस्थित नेता तथा कार्यकर्ताहरूले आगामी दिनमा जनताको सुखदुःखमा साथ दिँदै सुशासन, पारदर्शिता र विकासका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation