KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
रौतहटमा हिन्दु राष्ट्रको माग गर्दै शान्तिपूर्ण र्‍याली तथा कोणसभा

रौतहटमा हिन्दु राष्ट्रको माग गर्दै शान्तिपूर्ण र्‍याली तथा कोणसभा

 

 

गौर, रौतहट

Call Us for Ads

रोशन कुमार साह

साउन १७ — रौतहटको दुर्गा भगवती गाउँपालिकामा शनिबार विभिन्न मागहरू राख्दै शान्तिपूर्ण र्‍याली तथा कोणसभा सम्पन्न गरिएको छ। आयोजकहरूले सप्तरी र सिराहातिर जारी कर्फ्यु हटाउन, शिक्षा तथा धार्मिक संस्थासम्बन्धी नीति पुनरावलोकन गर्न तथा हिन्दु राष्ट्र स्थापनाको माग गर्दै कार्यक्रम आयोजना गरेको बताएका छन्।

 

र्‍यालीमा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै दुर्गा भगवती गाउँपालिकाका विभिन्न स्थानको परिक्रमा गरेका थिए। त्यसपछि आयोजित कोणसभामा वक्ताहरूले देशमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहअस्तित्व कायम गर्दै आफ्ना मागहरू सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए।

 

कार्यक्रमका क्रममा आयोजकहरूले आन्दोलन शान्तिपूर्ण रहेको दाबी गर्दै कसैप्रति घृणा वा हिंसा फैलाउने उद्देश्य नभएको बताएका छन्। सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासन र प्रहरी परिचालन गरिएको थियो।

 

स्थानीय प्रशासनले भने सबै समुदायलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। कुनै पनि प्रकारको उत्तेजक अभिव्यक्ति वा गतिविधिबाट टाढा रहन प्रशासनले सबै पक्षलाई अनुरोध गरेको ज

नाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation