रौतहटमा पोखरीमा डुबेर २८ वर्षीय युवकको मृत्यु
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय रामहरी दासका छोरा अन्दाजी २८ वर्षीय राजेश दास रहेको प्रहरीले जनाएको छ। दासलाई स्थानीय अरबिन्द यादवको पोखरीमा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको हो।
प्रहरीका अनुसार घटनाबारे स्थानीयले बिहान १०:०५ बजे इलाका प्रहरी कार्यालय सन्तपुर लक्ष्मिनियामा जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि प्रहरी नायब निरीक्षक विनोद पासवानको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






