रेसुङ्गा विमानस्थलबाट सातामा चार उडान, भाडादर पनि वृद्धि
५ वैशाख,काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थल बाट आजदेखि काठमाडौँका लागि सातामा चार वटा हवाई उडान सञ्चालन हुने भएका छन्। नेपाल वायुसेवा निगम ले आइतबार, मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने नयाँ तालिका सार्वजनिक गरेको हो।
यसअघि विमानस्थलबाट आइतबार, मंगलबार र बिहीबार मात्र उडान हुँदै आएको थियो। आन्तरिक उडानमा प्रयोग हुने ट्विनअटर जहाजको मर्मतपछि उडान संख्या बढाइएको रेसुङ्गा स्टेशन प्रमुख सुमन थापा ले जानकारी दिए।
उडान तालिका विस्तारसँगै हवाई भाडादरमा पनि वृद्धि गरिएको छ। नयाँ दरअनुसार काठमाडौँ–रेसुङ्गा उडानको भाडा १० हजार ९०२ रुपैयाँ र रेसुङ्गा–काठमाडौँको भाडा १० हजार ७०२ रुपैयाँ तोकिएको छ। यसअघि यी भाडा क्रमशः ७ हजार ५०० र ७ हजार ३०० रुपैयाँ थियो।
स्टेशन प्रमुख थापाका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सञ्चालन लागत बढेकाले भाडा करिब ३ हजार ४०२ रुपैयाँले बढाइएको हो।
पछिल्ला पाँच महिनादेखि मौसम अनुकूल रहेका बेला रेसुङ्गा विमानस्थलमा नियमित उडान सञ्चालन भइरहेको छ। १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत सेवा दिइँदै आएको छ।
हवाई सेवा सुरु भएपछि गुल्मीमा पर्यटक आगमन बढेको छ भने १६ देखि १८ घण्टाको सडक यात्राको विकल्पका रूपमा ४५ देखि ५० मिनेटमै काठमाडौँ पुग्न सकिने सुविधा उपलब्ध भएको यात्रुहरूले बताएका छन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

