KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
रिहाइपछि नेकपा नेता चौधरीलाई भेट्न वीरगंज पुगे पूर्व प्रधानमन्त्री नेपाल

रिहाइपछि नेकपा नेता चौधरीलाई भेट्न वीरगंज पुगे पूर्व प्रधानमन्त्री नेपाल

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल शनिबार वीरगंज आएका छन् । गृह जिल्ला रौतहटको कार्यक्रम सकेर वीरगंज आएका नेता नेपालले हालै अदालतको आदेशबाट रिहा भएका नेकपा नेता मनोज चौधरीसँग भेटवार्ता गरेका हुन् ।

 

पूर्व प्रधानमन्त्री नेपाल वीरगंजस्थित पानीटंकीमा रहेको चौधरी निवासमै पुगेर भेट गरेका थिए । भेटका क्रममा उनले चौधरी पक्राउ परेको घटनाको विषयमा विस्तृत जानकारी लिँदै घटनाको वास्तविक अवस्थाबारे चासो व्यक्त गरेका थिए । नेता नेपालले चौधरीसँगको भेटमा पछिल्लो राजनीतिक अवस्था, पक्राउ प्रकरण तथा त्यसपछि विकसित घटनाक्रमबारे समेत छलफल गरेको बताइएको छ ।

Call Us for Ads

यसअघि पनि नेता नेपालले मनोज चौधरी प्रहरी हिरासतमा रहेका बेला जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर भेट गरेका थिए । त्यसबेला उनले घटनाबारे जानकारी लिनुका साथै कानुनी प्रक्रियाप्रति चासो व्यक्त गरेका थिए ।

नेता चौधरी फागुन १९ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुभन्दा दुई दिनअघि फागुन १९ गते पक्राउ परेका थिए । पर्सा क्षेत्र नं. २ काे प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार समेत रहेका नेता चाैधरी उनी सवार गाडीबाट विस्फोटक पदार्थ जस्ताे देखिने शंकास्पद बस्तु फेला परेकाे आराेपमा मुद्दामा पक्राउ परेका थिए ।

पर्सा जिल्ला अदालतकाे आदेशमा पूर्पक्षका लागि वीरगंज कारागारमा रहेका चौधरी दुई महिना ६ दिनपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजकाे आदेशमा बिहिबार रिहा भएका थिए ।

चौधरीको रिहाइपछि उनलाई भेट्न पूर्व प्रधानमन्त्री नेपाल स्वयं वीरगंज पुगेपछि स्थानीय राजनीतिक वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation