KATHMANDU WEATHER
Horizontal Scroll Menu
रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी गोप्य कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ निवासी भट्टराईलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायव उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहका अनुसार भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक खातामार्फत प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजात सार्वजनिक गरेका थिए।

प्रहरीका अनुसार अनुसन्धान प्रक्रियामा रहेका संवेदनशील कागजात सार्वजनिक गर्नु कानुनी रूपमा अपराध मानिने भएकाले उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। सामाजिक सञ्जालमार्फत विभिन्न सामग्री पोष्ट गरी घृणा र द्वेष फैलाएको तथा गोपनीयता भङ्ग गरेको आरोपसमेत उनीमाथि लागेको छ।

डीएसपी सिंहले भट्टराईमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। उक्त ऐन अन्तर्गत विद्युतीय माध्यमबाट गोप्य सूचना सार्वजनिक गर्ने, भ्रम फैलाउने वा कसैको प्रतिष्ठामा आँच पुर्‍याउने कार्यलाई दण्डनीय अपराध मानिएको छ।

प्रहरी स्रोतका अनुसार भट्टराई यसअघि पनि सामाजिक सञ्जाल प्रयोग गरेर विभिन्न व्यक्तिहरूविरुद्ध चरित्रहत्या गर्ने गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको थियो। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले सामाजिक सञ्जाल प्रयोग गर्दा कानुनी दायित्व र जिम्मेवारीबारे पुनः बहस सुरु गराएको छ। प्रहरीले अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३