KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
रोटरी क्लब बिरगंज द्वारा रक्तदान कार्यक्रमको आयोजना ३महिला सहित ४९ जनाले गरे रक्तदान/

रोटरी क्लब बिरगंज द्वारा रक्तदान कार्यक्रमको आयोजना ३महिला सहित ४९ जनाले गरे रक्तदान/

रामजी यादव ९ फाल्गुन बिरगंज पर्सा !

रोटरी क्लब बिरगंजले रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । *रक्तदान नै जिवनदान हो* भन्ने नारालाई मुलमन्त्र बनाइ देश समाजमा रहेको बिकृती कुप्रथाहरुको विभिन्न कार्यक्रम मार्फत जनचेतना फैलाउदै निर्मुल पार्नुको साथै दिन दु:खी असहाय बिपन्नको सेवा सहयोग गर्दै आएको रोटरी क्लब बिरगंज र रोटरी क्ल्ब मेट्रोपोलिस क्लबले सन्युक्त रुपमा रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएको खबर प्राप्त भए लगतै शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिला सहित ४९ जनाले रक्तदान गरेको मेट्रोपोलिसका अध्यक्ष सन्जय जोशिले बताए ।

 

Call Us for Ads

रक्तदान गर्नेहरुमा बिधा भारती,स्वेता गुप्ता, कविता खेतान,सुनिल खेतान,विशाल शर्मा,गणेश राम,आयुष सिंह ,रवि श्रेष्ठ ,श्याम अग्रवाल लगायत रक्तदाताहरुले रक्तदान गरि मानवता बलियो बनाएका थिए ।  

सो अवसरमा अध्यक्ष जोशिले बिरगंजमा रगतको कमि भएको खबर प्राप्त हुदैमा आफुहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत छोटो समयमा आजको रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष जोशीले बताए। रक्तदान गरेकोमा केही घाटा हुदैन, धेरैजसो दु:खी ,असहायको जीवन नै बाच्ने भएकोले हामी सबैले प्रत्येक तीन महिनामा रक्तदान गरि कसैको जिवन जोगाएर मानवता बलियो बनाउन आग्रह गर्दै आआफ्नो अमुल्य रगतदान गरि कार्यक्रम सफल बनाइदिनुहुने सम्पुर्ण रक्तदाताहरु एवं सहयोगी प्रती आभार ब्यक्त गरेका थिए । 

 

सो अवसरमा अध्यक्ष खेतानले रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएकोले बिरगंजको नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरुमा उपचाररत बिरामीहरुको उपचारमा निकै समस्या आइरहेकोले रक्तदान गर्न गराउन सबैले हातेमालो गरि मानवता बलियो बनाउन जोड दिएका थिए । 

बीरगंजको माईस्थान पार्कमा सम्पन्न सो रक्तदान कार्यक्रम रोटरी क्लब बिरगंजका अध्यक्ष सुनिल खेतान र रोटरी क्लब मेट्रोपोलिसका अध्यक्ष संजय जोशिको संयुक्त अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अतिथिहरु जेष्ठ नागरिक संघ मधेश प्रदेशका अध्यक्ष वरिष्ठ पत्रकार समाजसेवी जगदिश शर्मा,नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल,नारायणी अस्पतालका मेसु डा. चित्ररन्जन साह,डा. आनन्द अग्रवाल,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,रोटरी क्लबका पुर्व अध्यक्ष शशीरन्जन कलवार , गहवामाई रथयात्रा बिरगंजका महासचिव लक्ष्मी गुप्ता ( पप्पु) ,रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डे लगायत रोटरी क्लबका पदाधिकारी सदस्यहरु अग्रज ,महिला,युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।

 सो अवसरमा अतिथिहरुले हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिने भएकोले यस्तो पवित्र कार्य गर्ने सम्पुर्ण रक्तदाताहरु ईश्वरका साक्षात दुत हुन भन्दै सम्पुर्ण युवा ,अग्रज, महिलाहरुलाइ रक्तदान गर्न आग्रह गर्दै रोटरी क्लब परिवारलाई बधाई एवं धन्यवाद प्रदान गरेका थिए

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation