KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन, उल्लंघन गर्नेलाई सजाय हुनुपर्छ : रवि लामिछाने

संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन, उल्लंघन गर्नेलाई सजाय हुनुपर्छ : रवि लामिछाने

बिरगंज, पर्सा, १५ कार्तिक 

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही पनि नरहेको स्पष्ट पारेका छन्।

Advertisement

 

Ad

शनिबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने गतिविधिमा संलग्न जोकोही पनि कानुनी कारबाहीको भागीदार हुनुपर्ने बताएका हुन्।

Advertisement

 

Advertisement

उनले संविधान र लोकतन्त्रको सर्वोच्चताका विषयमा रास्वपा र आफू स्पष्ट रहेको उल्लेख गर्दै यसमा कुनै पनि प्रकारको द्विविधा नरहेको बताए।

 

लामिछानेले भने, “संविधानभन्दा माथि र डेमोक्रेसीभन्दा ठूलो केही छैन, कोही छैन। रास्वपा र रवि लामिछाने यसमा स्पष्ट छ, यसमा कहिल्यै कसैले दुविधा मान्नुपर्दैन।”

 

संविधानलाई बेवास्ता गर्ने तथा संविधानप्रदत्त अधिकारको उल्लंघन गर्ने जोसुकै भए पनि उन्मुक्ति पाउन नहुने उनको भनाइ छ। त्यस्ता गतिविधिमा संलग्न व्यक्तिले आफ्नो जिम्मेवारी लिनुपर्ने र कानुनअनुसार सजायको भागीदार हुनुपर्ने उनले बताएका छन्।

 

उनले संविधान र लोकतन्त्रको मूल्यमान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने धारणा राखेका छन्।

 

यस विषयमा पार्टीभित्र थप छलफल गरी आधिकारिक निर्णय सार्वजनिक गरिने जानकारीसमेत लामिछानेले दिएका छन्।

 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation