KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको प्रतिनिधित्व गरेर प्रधानमन्त्री शाह स्वदेश फर्किए

संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको प्रतिनिधित्व गरेर प्रधानमन्त्री शाह स्वदेश फर्किए

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किनुभएको छ।

Advertisement

 

Advertisement

१४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह आज न्युयोर्कबाट दोहा हुँदै काठमाडौं फर्किनुभएको हो। उहाँ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।

Ad

 

Advertisement

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। नेपाली समयअनुसार असोज ९ गते शुक्रबार बिहान भएको भेटवार्तापछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो।

Advertisement

 

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालको धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँ न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा समेत सहभागी हुनुभएको थियो।

 

प्रधानमन्त्री शाहको भ्रमण तथा महासभामा नेपालको सहभागिताबारे परराष्ट्र मन्त्रालयले आजै प्रेस ब्रिफिङ गर्ने तयारी गरेको छ। मन्त्रालयको ब्रिफिङपछि भ्रमणका क्रममा भएका भेटवार्ता, छलफल तथा उठाइएका विषयबारे थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation