सीमा सुरक्षामा कडाइ, नेपाल प्रहरी–सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्ती
राजन कुमार बानिया,वीरगंज २८ भदौ। सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा अवैध कारोबार नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच संयुक्त गस्ती तथा अन्तरक्रिया गरिएको छ।
आइतबार इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रहरी निरीक्षकसहितको संयुक्त टोलीले सीमा क्षेत्रमा संयुक्त गस्ती गरेको हो।
खुला सीमाको फाइदा उठाउँदै हुन सक्ने तस्करी, लागुऔषधको ओसारपसार, मानव बेचबिखन तथा ओसारपसार, जाली नोटको कारोबार, चोरी, डकैतीलगायतका आपराधिक गतिविधि नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले संयुक्त गस्ती सञ्चालन गरिएको सुरक्षा निकायले जनाएको छ।
गस्तीका क्रममा सीमा क्षेत्रमा हुने शंकास्पद गतिविधि, आवतजावत तथा अवैध ओसारपसारमाथि निगरानी बढाउने विषयमा समेत छलफल भएको थियो। खुला सीमाका कारण उत्पन्न हुन सक्ने सुरक्षा चुनौती तथा आपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल र भारततर्फका सुरक्षा निकायबीच नियमित समन्वय, सूचना आदानप्रदान र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको जनाइएको छ।
प्रहरी निरीक्षक भानुभक्त अर्यालले सीमा क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्नुका साथै अपराध नियन्त्रण र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
संयुक्त गस्ती तथा अन्तरक्रियाका क्रममा सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती, अपराधको सम्भावित जोखिम तथा आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिका विषयमा समेत छलफल भएको बताइएको छ।
सीमा क्षेत्रमा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान, आपसी समन्वय र संयुक्त निगरानीलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ।
सुरक्षा निकायबीचको यस्तो संयुक्त गस्तीले सीमा क्षेत्रमा हुने तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्नुका साथै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणमा सुरक्षाको अनुभूति बढाउने अपेक्षा गरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






