KATHMANDU WEATHER
Horizontal Scroll Menu
 सुदूरपश्चिममा कांग्रेसको प्रदेश भेला सुरु, डेढ मिनेटमै सकियो आसन ग्रहण

सुदूरपश्चिममा कांग्रेसको प्रदेश भेला सुरु, डेढ मिनेटमै सकियो आसन ग्रहण

२६ वैशाख, धनगढी । नेपाली कांग्रेस को सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु भएको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ले दुईदिने भेलाको आयोजना गरेको हो।

प्रतिष्ठानका संयोजक उपसभापति विश्वप्रकाश शर्मा रहेका छन्। भेलामा कांग्रेस सभापति गगन थापा पनि सहभागी भएका छन्। सभापति बनेपछि थापा पहिलो पटक सुदूरपश्चिम पुगेका हुन्।

प्रदेश तथा स्थानीय तहलाई केन्द्रित गर्दै प्रतिष्ठानले सबै प्रदेशमा दुईदिने भेला सञ्चालन गरिरहेको जनाएको छ। धनगढीमा आयोजित भेला पनि आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुनेछ।

यसबीच कांग्रेसले कार्यक्रम सञ्चालन शैलीमा नयाँ अभ्यास गरेको छ। प्रायः राजनीतिक दलका कार्यक्रममा आसन ग्रहणमै लामो समय खर्चिने परम्परा रहेको भए पनि धनगढीको कार्यक्रममा भने डेढ मिनेटमै आसन ग्रहण सम्पन्न गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रदेश प्रतिष्ठान प्रमुख जनकराज चौधरी लाई सभापति तथा गगन थापालाई प्रमुख अतिथिका रूपमा आसन ग्रहण गराइएपछि अन्य सहभागीलाई एकमुष्ट रूपमा आसन ग्रहण गराइएको थियो।

 

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३