KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सुकुमवासी बस्ती भत्काउने कदमलाई ‘निरंकुश’ भन्दै हर्क साम्पाङको कडा आपत्ति

सुकुमवासी बस्ती भत्काउने कदमलाई ‘निरंकुश’ भन्दै हर्क साम्पाङको कडा आपत्ति

११ वैशाख, काठमाडौँ । श्रम संस्कृति पार्टीले सुकुमवासी बस्तीहरू भत्काउने सरकारी कदमको कडा शब्दमा निन्दा गरेको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङले एक विज्ञप्ति जारी गर्दै संविधान र लोकतान्त्रिक मूल्य-मान्यताको धज्जी उडाउँदै गरिब जनतालाई उठिबास लगाउने काम तत्काल रोक्न सरकारलाई चेतावनी दिएका छन् ।

पछिल्लो समय देशका विभिन्न स्थानमा सरकारले सुकुमवासी बस्तीहरूमाथि गरेको हस्तक्षेपले नागरिकको मौलिक हकमाथि प्रहार भएको साम्पाङको दाबी छ। विज्ञप्तिमा उनले संविधानको धारा ३७ को उपधारा १ ले सुनिश्चित गरेको ‘आवासको हक’को सरकारले ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् ।

अध्यक्ष साम्पाङले बस्ती भत्काउने शैलीलाई ‘राज्य आतंक’को संज्ञा दिएका छन् । जनताको घर भत्काउनु, उनीहरूलाई बेघर बनाउनु, बल प्रयोग गर्दै लछारपछार गर्नु, गालीगलौज र लाठी–बन्दुकको बलमा तर्साउनुले सरकारको नियतमाथि प्रश्न उठाएको उनको भनाइ छ ।

Call Us for Ads

“संविधानको धारा १६ को उपधारा १ ले सम्मानपूर्वक बाँच्न पाउने हकको ग्यारेन्टी गरेको छ,” विज्ञप्तिमा उल्लेख छ, “तर सरकारले लाठी र बुटको प्रयोग गरेर नागरिकमाथि दमन गर्नुले उसको निरंकुश चरित्रलाई छर्लङ्ग पारेको छ।” यस्ता घटनाले लोकतन्त्रको आधारभूत मूल्य-मान्यतालाई नै लत्याएको साम्पाङको टिप्पणी छ ।

श्रम संस्कृति पार्टीले विस्थापन हुनुअघि सरकारले अपनाउनुपर्ने संवैधानिक दायित्वका बारेमा सचेत गराएको छ । अध्यक्ष साम्पाङले कुनै पनि बहानामा जनतालाई सडकमा ल्याउनुअघि उचित क्षतिपूर्ति र दीर्घकालीन पुनर्वासको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् ।

“गरिब जनताका बासस्थान भत्काउनुअघि सरकारले उनीहरूको उचित व्यवस्थापन र पुनर्वासको सुनिश्चितता गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “यस्तो कानुनी र मानवीय प्रक्रिया पूरा नगरी गरिएको बलमिच्याइँ लोकतान्त्रिक सरकारका लागि शोभनीय छैन।”

आफ्नो पार्टीले नागरिकको बासस्थानको हकका लागि सदैव आवाज उठाउने र सरकारको यस्तो अलोकतान्त्रिक कार्यको प्रतिवाद गरिरहने साम्पाङले स्पष्ट पारेका छन् । सरकारले तत्काल यस्ता गतिविधि रोकेर संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा पार्टीले जोड दिएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation