सुकुमवासी रहेका होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्ने संसदीय समितिको निर्णय
२३ वैशाख, काठमाडौं । संसदीय समितिले सुकुमवासी रहेका होल्डिङ् सेन्टरको स्थलगत अवलोकन गर्ने भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
‘काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई हाल फरक-फरक आश्रय केन्द्रहरुमा (होल्डिङ सेन्टर) रहेका सुकुमवासी तथा अव्यवस्थित बासिन्दाहरूको मानव अधिकारको वर्तमान अवस्थाको यथार्थपरक जानकारी लिने उद्देश्यले सम्बन्धित स्थलको स्थलगत अवलोकन गर्ने’ समितिको निर्णय छ ।
गत सोमबार समितिको बैठकमा यो विषयमा छलफल भएको थियो । सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाहरूको मानव अधिकारको वर्तमान अवस्थाको अवलोकन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
यस आधारमा समितिले सुकुमवासी रहेका होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्ने निर्णय गरेको हो ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३