KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
स्वर्गद्वारी जाँदै गरेको भारतीय तीर्थयात्री सवार जिप दुर्घटनाः एक बालकको मृत्यु, २१ तीर्थयात्री घाइते

स्वर्गद्वारी जाँदै गरेको भारतीय तीर्थयात्री सवार जिप दुर्घटनाः एक बालकको मृत्यु, २१ तीर्थयात्री घाइते

१० बैशाख, काठमाडौं । प्युठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेका भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ ।

स्वर्गद्वारी नगरपालिका–४ स्थित टाकुरामा लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्दा यो दुखद घटना भएको हो । दुर्घटनामा मृत्यु भएका बालकको पहिचान अझै खुल्न सकेको छैन ।

जिपमा सवार अन्य २१ जना तीर्थयात्री घाइते भएका छन्, जसमा पाँच जना बालबालिका समेत रहेका छन् । दुर्घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा घाइतेहरूको उद्धार गरी प्राथमिक उपचारका लागि भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर देखिएपछि उनीहरूलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

Call Us for Ads

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार तीव्र गति वा प्राविधिक गडबडीका कारण जिप अनियन्त्रित भई भीरबाट खसेको हुनसक्ने अनुमान गरिएको छ । भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फको उकालो बाटोमा भएको यस दुर्घटनाले भारतीय तीर्थयात्रीहरू स्तब्ध बनेका छन् । घटनाको विस्तृत विवरण र मृतकको परिचय खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation