स्वास्थ्य र शिक्षापछि विपद् व्यवस्थापनमा पनि सूर्य नेपालको साथ, जीतपुरसिमरालाई दमकल सहयोग
अखिलेश कुमार यादव ।कार्तिक १८ सिमरा :
बाराको सिमरास्थित सूर्य नेपाल प्रालिले जीतपुरसिमरा उपमहानगरपालिकालाई ५६ लाख रुपैयाँको बारुण यन्त्र (दमकल) सहयोग गरेको छ। बुधबार सूर्य नेपाल उद्योग परिसरमा आयोजित एक कार्यक्रमबीच उद्योगले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त बारुण यन्त्र उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो।
बारुण यन्त्र हस्तान्तरण कार्यक्रममा बोल्दै सूर्य नेपाल सिमरा कारखानाका व्यवस्थापक सुरेश काजी श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत उपमहानगरपालिकासँग समन्वय गरी आवश्यकताअनुसार सहयोग गर्दै आएको बताए।
स्वास्थ्य, शिक्षा, कला, संस्कृति तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा सूर्य नेपालले निरन्तर सहयोग गर्दै आएको उनले जानकारी दिए। उनका अनुसार सूर्य नेपालले जीतपुरसिमरा नगर अस्पताललाई डायलाइसिस मेसिन, विद्यालयहरूमा डिजिटल लाइब्रेरीको अवधारणा कार्यान्वयन गर्न स्मार्ट बोर्ड, जीतपुरमा दुईतले प्रसूति गृह तथा नेरा मावी सिमराको प्रशासनिक भवन र करोडौँ रुपैयाँको लागतमा चमेनागृह निर्माणमा सहयोग गरेको छ।
नगर अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन सीआर मेसिन, एनेस्थेसिया टेबल तथा मोडुलर ओटीसमेत छिट्टै सहयोग गर्ने प्रतिबद्धता उनले जनाए। उपमहानगरपालिकासँग यसअघि एउटा मात्रै बारुण यन्त्र रहेकाले आगलागी नियन्त्रणमा थप सहजता ल्याउने उद्देश्यले ५६ लाख रुपैयाँमा नयाँ दमकल खरिद गरी सहयोग गरिएको श्रेष्ठले बताए। जीतपुरसिमरा उपमहानगरपालिकालाई नमुना नगरका रूपमा विकास गर्न सूर्य नेपालले सहकार्य जारी राख्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले आफू निर्वाचित भएदेखि नै सूर्य नेपालसँग सहकार्य हुँदै आएको बताए। वृक्षरोपणबाट सुरु भएको सहकार्य अहिले स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारका विभिन्न क्षेत्रमा विस्तार भएको उनको भनाइ थियो।नगरप्रमुख पौडेलले विशेषगरी उपमहानगरपालिकाको दक्षिणी क्षेत्रमा रहेका सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक अवस्था सुधार गर्न सूर्य नेपालले महत्वपूर्ण सहयोग गरेको बताए।
उक्त क्षेत्रका आठ विद्यालयका करिब २ हजार ४ सय विद्यार्थी तथा ७५ जना शिक्षक र बालविकास सहजकर्तालाई तालिम तथा शैक्षिक सुधारका कार्यक्रममा सहयोग गरेको भन्दै उनले सूर्य नेपालप्रति आभार व्यक्त गरे। स्वास्थ्य क्षेत्रमा थप लगानी गर्दा चिकित्सकहरूसँग आवश्यक परामर्श र समन्वय गरेर सहयोग गर्न आग्रह गर्दै नगरप्रमुख पौडेलले स्वास्थ्य क्षेत्रमा ठूलो लगानीको वातावरण बनाउन सूर्य नेपाल प्रालिको बोर्डमा समेत छलफल गर्नुपर्ने बताए। हालसम्म उपमहानगरपालिकालाई पुर्याएको सहयोगप्रति उनले सूर्य नेपाललाई धन्यवाद दिए। बारुण यन्त्र हस्तान्तरण कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी, सूर्य नेपालका सुरक्षा प्रमुख यज्ञबहादुर आले, उपमहानगरपालिकाका कर्मचारी तथा उद्योगका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






