वडाध्यक्ष चतुर्वेदी पक्राउको विरोधमा वीरगञ्जका ३२ वटै वडा कार्यालय अनिश्चितकालका लागि बन्द
१३ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरपालिकाका ३२ वटै वडा कार्यालयको कामकारबाही अनिश्चितकालका लागि बन्द गरिएको छ।
वडाध्यक्षहरूले सामूहिक रूपमा विरोध जनाउँदै साउन १३ गतेदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका हुन्। यस निर्णयसँगै महानगरका वडाबाट प्रदान हुँदै आएका सिफारिस, दर्तालगायतका दैनिक प्रशासनिक काम प्रभावित भएका छन्।
गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज–२५ निवासी राजकुमार कुर्मीको मृत्यु भएपछि घटना विवादमा आएको थियो। चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवार तथा आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका थिए।
उक्त घटनाको समाधानका लागि पीडित परिवार र प्रशासनबीच सहजीकरण गर्ने क्रममा वडाध्यक्ष चतुर्वेदीले राखेको भनिएको धारणा आधार बनाएर स्थानीय प्रहरीले उनलाई महानगरपालिका कार्यालय परिसरबाटै पक्राउ गरेको वडाध्यक्षहरूको भनाइ छ।
नगरवासीको हकहितका विषयमा आवाज उठाउने जनप्रतिनिधिमाथि नै प्रहरीले धरपकड गरेको भन्दै महानगरका सम्पूर्ण वडाध्यक्षहरूले आपत्ति जनाएका छन्। यसअघि साउन १२ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले वडाध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गर्न स्थानीय प्रशासनसमक्ष माग गरेका थिए।
तर जनप्रतिनिधिहरूको ध्यानाकर्षणपछि पनि प्रशासनले वडाध्यक्षलाई रिहा नगरेपछि बाध्य भएर सेवा बन्द गर्ने निर्णय लिनुपरेको वडाध्यक्षहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीहरूले पक्राउ परेका वडाध्यक्ष चतुर्वेदीलाई तत्काल सम्मानपूर्वक रिहा नगरिए थप कडा विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्। आन्दोलनबाट उत्पन्न हुने कुनै पनि असहज परिस्थितिको जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने उनीहरूको भनाइ छ।
यसैबीच, वडा कार्यालय बन्द हुँदा सेवाग्राही प्रभावित भएका छन्। यद्यपि अत्यावश्यक सेवाहरू भने सञ्चालनमा रहने जनाइएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

