KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
वीरगंज महानगरपालिकाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम सम्पन्न

वीरगंज महानगरपालिकाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम सम्पन्न

वीरगंज, १५ असार

 

वीरगन्ज महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस असार १५, दही चिउरा खाने तथा धान रोपाइँ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यस वर्ष “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो।

Call Us for Ads

 

कार्यक्रम वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। खेतमा पुगेर धान रोपाइँ कार्यक्रमको शुभारम्भ गर्दै कार्यवाहक नगर प्रमुख आलमले बढ्दो जलवायु परिवर्तनको समयमा आधुनिक र जलवायुमैत्री प्रविधिको प्रयोग गरेर मात्र धान उत्पादन बढाउन सकिने कुरामा जोड दिनुभयो। उहाँले नगरका किसानहरूलाई प्रविधिको पहुँचमा पुर्‍याउन र कृषिमा आत्मनिर्भर बनाउन महानगरपालिकाले विशेष प्राथमिकता दिएको बताउनुभयो।

 

 

 

महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले स्थानीय तहमा कृषिको आधुनिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो। असार १५ को मौलिक परम्परालाई जोगाउँदै व्यावसायिक कृषितर्फ अघि बढ्न यस कार्यक्रमले स्थानीय कृषकहरूलाई थप ऊर्जा दिएको छ।

 

कार्यक्रममा महानगरका कर्मचारी, कृषि विज्ञ, स्थानीय जनप्रतिनिधि तथा कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले खेतमा धान रोप्नुका साथै असार १५ को परम्परा अनुसार सामूहिक रूपमा दही चिउरा खाएर एकापसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ दिवस मनाएका थिए।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation