KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
वीरगञ्ज नाका हुँदै एलपी ग्यास आयातमा उल्लेख्य वृद्धि

वीरगञ्ज नाका हुँदै एलपी ग्यास आयातमा उल्लेख्य वृद्धि

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै एलपी ग्यास आयातमा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो करिब डेढ महिनाको अवधिमा २ हजार १३६ वटा ग्यास बुलेट नेपाल भित्रिएको तथ्यांक सार्वजनिक भएको हो।

Advertisement

 

Advertisement

मध्यपूर्व क्षेत्रमा देखिएको अस्थिरताका कारण नेपालसहित विभिन्न मुलुकमा ग्यास आपूर्तिमा दबाब बढिरहेका बेला वीरगञ्ज नाका ग्यास आयातको प्रमुख मार्ग बनेको देखिएको छ।

Ad

 

Advertisement

भन्सार कार्यालयका अनुसार फागुन महिनामा मात्रै १ हजार ५६० बुलेट ग्यास भित्रिएको थियो भने चैत १३ गतेसम्म थप ५७६ बुलेट आयात भइसकेका छन्।

Advertisement

 

एकीकृत भन्सार जाँच चौकी व्यवस्थापनमा संलग्न अधिकारीहरूले पछिल्लो समय ग्यास आपूर्तिलाई सहज बनाउन आयात बढाइएको बताएका छन्। चालु आर्थिक वर्षको सात महिनामा यस नाका हुँदै २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड किलोभन्दा बढी एलपी ग्यास आयात भएको जनाइएको छ।

 

गत वर्षको सोही अवधिको तुलनामा आयातमा केही कमी देखिए पनि हालको आपूर्ति अवस्थालाई सन्तुलित राख्न निरन्तर प्रयास भइरहेको सरोकारवाला निकायको भनाइ छ।

 

ग्यास आपूर्तिमा सम्भावित संकट व्यवस्थापन गर्न भण्डारण, वितरण र वैकल्पिक स्रोतबारे पनि सम्बन्धित निकायले तयारी गरिरहेको बताइएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation