KATHMANDU WEATHER
Horizontal Scroll Menu
वीरगंजमा मोटरसाइकल चोरी गर्दै गरेका युवक पक्राउ

वीरगंजमा मोटरसाइकल चोरी गर्दै गरेका युवक पक्राउ

वीरगंज । पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्दै गरेका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ निवासी २० वर्षीय अकतर हुसेन रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत २०८३ वैशाख २५ गते साँझ करिब ७ बजे जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका–७ निवासी ३२ वर्षीय दिपेन्द्र कुमार गुप्ताको नाममा दर्ता रहेको प्र.२–०३–०१९ प ६३५० नम्बरको २२० सीसीको कालो–रातो रंगको पल्सर मोटरसाइकल वीरगंज महानगरपालिका–१३ स्थित नारायणी यातायात कार्यालय अगाडि पार्किङ गरी राखिएको थियो ।

सोही क्रममा मोटरसाइकलको लक तोडी चोरी गरी भाग्ने प्रयास भइरहेको अवस्थामा स्थानीयवासी र प्रहरीको संयुक्त सहयोगमा मोटरसाइकलसहित अकतर हुसेनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका हुसेनविरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३