KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

वीरगञ्ज, जेठ ९ ।

विश्व हिन्दू परिषद् नेपालले शनिबार वीरगञ्जमा एक कार्यक्रमको आयोजना गरी नेपाल हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण गरेको छ। वीरगञ्जको माईस्थान अतिथि सदनको सभाहलमा आयोजित एक विशेष समारोहका बीच उक्त सामग्री हस्तान्तरण गरिएको हो।

 

Call Us for Ads

विश्व हिन्दू परिषद् वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ज्योति रुङ्गटाले हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारलाई उक्त ज्याकेटहरू हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा उपस्थित हिन्दू पत्रकार संघका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई ज्याकेट लगाइदिएर सम्मान समेत गरिएको थियो।

 

सोही अवसरमा लामो समयदेखि वीरगञ्जलाई आफ्नो कर्मक्षेत्र बनाएर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दीपक चौरसियालाई हिन्दू पत्रकार संघमा आबद्ध गराइएको छ। नवआबद्ध पत्रकार चौरसियालाई संघका अध्यक्ष राजन रौनियार र सचिव राज सराफले संगठनको प्रेश ज्याकेट लगाइदिएर संस्थामा भव्य स्वागत गर्नुभएको थियो।

 

कार्यक्रममा बोल्दै विश्व हिन्दू परिषद् वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ज्योति रुङ्गटा**ले पत्रकारहरूको सुरक्षा र पहिचानमा सहयोग पुगोस् भन्ने उद्देश्यले ज्याकेट सहयोग गरिएको बताउनुभयो। उहाँले भन्नुभयो "मुलुक र समाजको रूपान्तरणमा पत्रकारहरूको भूमिका सधैं अग्रपंक्तिमा रहन्छ। कार्यक्षेत्रमा खटिँदा पत्रकार साथीहरूलाई सहज होस् र उहाँहरूको छुट्टै पहिचान झल्कियोस् भनेर परिषद्को तर्फबाट यो सानो सहयोग गरेका हौं। आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न हामी तयार छौं।"

त्यसैगरी, ज्याकेट ग्रहण गर्दै हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारले सहयोगका लागि परिषद्लाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले नवआबद्ध पत्रकार चौरसियालाई संगठनमा स्वागत गर्दै भन्नुभयो"विश्व हिन्दू परिषद्ले पत्रकारहरूको भावना र आवश्यकतालाई बुझेर जुन सहयोग गरेको छ, त्यसका लागि हामी आभारी छौं। यो ज्याकेट केवल एउटा कपडा मात्र नभएर कार्यक्षेत्रमा हाम्रो जिम्मेवारी र पहिचानको प्रतीक पनि हो। यस्ता सहयोगले श्रमजीवी पत्रकारहरूलाई थप उर्जाका साथ आफ्नो धर्म र कतर्व्य निर्वाह गर्न हौसला मिल्नेछ। साथै, आजैका दिन संगठनमा दीपक चौरसियाजी जस्तो उर्जावान् पत्रकार जोडिनुहुँदा संगठनलाई थप मजबुती मिलेको महसुस भएको छ।"

 

हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन संघका सचिव राज सराफले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation