युवा पुस्तालाई नेपाली साहित्यसँग जोड्न अब नयाँ सोच आवश्यक: सभामुख अर्याल
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि युवा पुस्तालाई आकर्षित गर्ने नयाँ सोच, सिर्जनशीलता र प्रविधिमैत्री दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी आधुनिक पुस्तासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।
काठमाडौंमा आयोजित २१३औँ भानु जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले विश्वव्यापी प्रतिस्पर्धा, आधुनिक प्रविधि र तीव्र सामाजिक परिवर्तनका कारण भाषा र संस्कृतिमाथि नयाँ चुनौती थपिएको उल्लेख गरे।
यस्तो अवस्थामा नेपाली भाषा र साहित्यलाई समयअनुकूल विकास गर्दै नयाँ पुस्ताको रुचिअनुसार प्रस्तुत गर्न आवश्यक रहेको उनको भनाइ थियो।
उनले भानुभक्तले नेपाली भाषालाई जनजनसम्म पुर्याएको ऐतिहासिक योगदान स्मरण गर्दै सरल, स्पष्ट र जनमुखी साहित्यिक परम्परालाई निरन्तरता दिनुपर्ने बताए।
युवा पुस्तालाई नेपाली साहित्यप्रति आकर्षित गर्न सिर्जनशीलता, नवप्रवर्तन र आधुनिक माध्यमको उपयोगलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
सभामुख अर्यालले भाषा केवल सञ्चारको माध्यम नभई राष्ट्रको पहिचान, संस्कृति र इतिहासको आधार भएकाले यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।
भानुभक्तको सम्मानमा गरिने हरेक प्रयास नेपाली राष्ट्रियता, मौलिकता र सांस्कृतिक अस्तित्वको संरक्षणसँग जोडिएको उनको भनाइ थियो।
कार्यक्रममा सभामुख अर्यालले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ साहित्यकार महेश्वर शर्मा तथा संस्कृतिविद् डा. आना एम. सिस्टरलाई सम्मान गरेका थिए।
समारोहमा भानुभक्तको योगदानलाई पुस्तान्तरण गर्दै नेपाली भाषा र साहित्यलाई समयसापेक्ष रूपमा अघि बढाउन राज्य, साहित्यकार, शैक्षिक संस्था र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

