विश्वभरका नेपालीलाई जोड्दै ‘थोप्ला’ सामाजिक सञ्जाल, १५ हजारभन्दा बढी प्रयोगकर्ता आबद्ध
बिरगंज, पर्सा, २३ कार्तिक
क्या2नबेरा, अस्ट्रेलिया । नेपाली समुदाय, भाषा, कला, संस्कृति र सिर्जनशीलतालाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यले विकास गरिएको नेपाली सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली युवाको पहलमा सुरु गरिएको यस प्लेटफर्ममा हाल १५ हजार ३०० भन्दा बढी प्रयोगकर्ता आबद्ध भएका छन् ।
फेसबुक, टिकटकजस्ता अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको प्रयोग बढिरहेका बेला नेपाली पहिचान, भाषा, संस्कृति र समुदायलाई प्राथमिकतामा राखेर थोप्ला विकास गरिएको हो । नेपालमा रहेका नेपालीदेखि अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान तथा खाडी मुलुकलगायत विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीलाई एउटै डिजिटल सञ्जालमा जोड्ने यसको मुख्य लक्ष्य रहेको छ ।
चितवनका उज्ज्वल खनालको पहलमा सुरु भएको थोप्लाको अवधारणा सन् २०२१ तिर अघि सारिएको थियो । अस्ट्रेलियामा अध्ययन तथा रोजगारीसँगै सूचना प्रविधिप्रतिको रुचिलाई निरन्तरता दिँदै खनालले आफ्ना साथीहरूसँगको सहकार्यमा यस प्लेटफर्मलाई विकास र विस्तार गरेका हुन् ।
थोप्लामार्फत प्रयोगकर्ताले फोटो, भिडियो, स्टोरी तथा छोटा भिडियो (रिल्स) सार्वजनिक गर्न सक्नेछन् । त्यस्तै, एकअर्कालाई फलो गर्ने, पोस्टमा प्रतिक्रिया तथा कमेन्ट गर्ने र निजी सन्देश आदानप्रदान गर्ने सुविधा पनि यसमा उपलब्ध छ ।
यसका अतिरिक्त अडिओ तथा भिडियो कल र सामूहिक कुराकानीका लागि च्याट रुमको सुविधासमेत समावेश गरिएको छ । यी सुविधाले प्रयोगकर्तालाई सामाजिक सञ्जालमा जोडिन मात्र नभई आपसी संवाद र सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाली समुदायलाई केन्द्रमा राखेर निर्माण गरिएको थोप्लाले विश्वभर छरिएर रहेका नेपालीबीच आपसी सम्बन्ध विस्तार, विचार आदानप्रदान तथा नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
नेपाली युवाको प्रविधिमैत्री सोच र उद्यमशील प्रयासको उदाहरणका रूपमा अघि बढिरहेको थोप्लाको प्रयोगकर्ता संख्या आगामी दिनमा अझ विस्तार हुने अपेक्षा गरिएको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






