पर्वमा सुरक्षा कडा: काठमाडौंमा ३,५०६ प्रहरी, ड्रोन र CCTV बाट निगरानी
काठमाडौं । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। पर्वका समयमा हुने भीडभाड, चोरी–डकैती तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौंका विभिन्न क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिने भएको हो।
काठमाडौं प्रहरीले सार्वजनिक गरेको सुरक्षा योजनाअनुसार भीडभाड हुने बजार, धार्मिक स्थल, यातायात क्षेत्र तथा संवेदनशील स्थानमा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिनेछ।
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन ड्रोन निगरानी, तालिमप्राप्त कुकुर, १ हजार २४२ वटा सिसिटिभी, मोबाइल गस्ती तथा क्यूआर टोली परिचालन गरिने प्रहरीले जनाएको छ। साथै, विभिन्न स्थानमा नियमित चेकजाँचसमेत कडाइ गरिनेछ।
पर्वका बेला यात्रु तथा सर्वसाधारणलाई आवश्यक सहयोग र सूचना उपलब्ध गराउन १२ वटा नागरिक सहायता कक्ष सञ्चालन गरिने भएको छ। विशेषगरी भीडभाड हुने क्षेत्र तथा यातायात केन्द्रमा सहायता कक्षमार्फत नागरिकलाई सहजीकरण गरिने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दसैँ–तिहार तथा छठका समयमा हुनसक्ने चोरी, पाकेटमारी, ठगी, जुवातास, नक्कली नोटको कारोबार तथा पेय पदार्थमा नशालु पदार्थ मिसाउनेजस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिनेछ।
त्यस्तै, पर्वका बेला बढ्न सक्ने सवारी दुर्घटना तथा अन्य सुरक्षा जोखिम न्यूनीकरणका लागि समेत विशेष ध्यान दिइने प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरीले पर्वको समयमा सर्वसाधारणको सुरक्षा, आवतजावतमा सहजता तथा शान्तिपूर्ण वातावरण कायम गर्न सुरक्षा व्यवस्था थप मजबुत बनाइएको जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






