KATHMANDU WEATHER
Horizontal Scroll Menu
नेपाल प्रहरीले इन्टरपोलको समन्वयमा विदेश भागेका १० फरार प्रतिवादीलाई स्वदेश फिर्ता ल्यायो

नेपाल प्रहरीले इन्टरपोलको समन्वयमा विदेश भागेका १० फरार प्रतिवादीलाई स्वदेश फिर्ता ल्यायो

काठमाडौं – नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)सँगको समन्वयमा विदेश भागेका दस जना फरार प्रतिवादीलाई स्वदेश फिर्ता ल्याएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार, चालु आर्थिक वर्षमा ११ जना प्रतिवादीविरूद्ध ‘रेड नोटिस’ र तीन जना विरूद्ध ‘डिफ्युजन’ जारी गरिएको थियो। यसमा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई विभिन्न देशबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ।

अघिल्लो आर्थिक वर्षमा ३४ जना प्रतिवादीविरूद्ध रेड नोटिस र दुई जना विरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका फरार प्रतिवादीलाई पक्राउ गरी स्वदेश फिर्ता ल्याइएको थियो।

प्रवक्ता काफ्लेले भने, “इन्टरपोलसँगको समन्वयमा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न र अन्तर्राष्ट्रियस्तरमा कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील छ। अपराध गरेर संसारको जुनसुकै कुनामा लुके पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध छ।”

नेपाल प्रहरी मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, निर्वाध ढङ्गले आसन्न निर्वाचन सम्पन्न गर्न, र अपराध अनुसन्धान तथा नियन्त्रणमा सक्रिय रही विभिन्न सुरक्षा रणनीति अवलम्बन गर्दै कार्यक्षेत्रमा लागिपरेको उनले बताए।

फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय खोजतलासका लागि नेपाल प्रहरीअन्तर्गतको नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले सम्बन्धित नोटिस जारी गर्दै आएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३