KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
झोलाभित्र लुकाएर राखेको २ किलो ९७० ग्राम अफिम बरामद, दम्पती पक्राउ

झोलाभित्र लुकाएर राखेको २ किलो ९७० ग्राम अफिम बरामद, दम्पती पक्राउ

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकबाट प्रहरीले झण्डै तीन किलो अफिमसहित एक दम्पतीलाई पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी पत्नी ४८ वर्षीया रोशनी राई रहेका छन्।

Advertisement

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पैदल हिँडिरहेका दम्पतीमाथि शंका लागेपछि प्रहरीले रोकेर उनीहरूले बोकेको झोला जाँच गर्दा लुकाएर राखिएको अवस्थामा २ किलो ९७० ग्राम अफिम फेला परेको प्रहरीको भनाइ छ।

Ad

प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जका प्रहरी वरिष्ठ नायब निरीक्षक शेखर सिवाकोटी र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी हवल्दार उमेश यादवको नेतृत्वमा टोली परिचालन गरिएको थियो।

Advertisement

बरामद अफिमसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ। उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले दम्पतीको साथबाट २ किलो ९७० ग्राम अफिम बरामद भएको पुष्टि गर्नुभएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation