KATHMANDU WEATHER
Horizontal Scroll Menu

ईप्रका पटेर्वा सुगौलीका ईन्चार्ज अधिकारी र घुमुवाद्वय मण्डलको संरक्षणमा गाँजा चरस समेतको अवैध कारोबार बढदै,

चैत्र २९ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको निर्देशन विपरीत पर्सा जिल्लाको ग्रामीण भेगमा रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको मिलोमतोमा अवैध कारोबारहरु बढदै गएको समाचार प्राप्त भएको छ ।

प्रहरी उपरिक्षक पाठकले पर्सा जिल्लाको सम्पुर्ण प्रहरी यूनिट हरुलाई अबैध कारोबार र तस्करी बन्द गर्न कडा निर्देशन दिएपनि त्यसको ठिक विपरीत पेटर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक समुन्नत अधिकारीले घुमवा राखी अबैध असुली गराइरहेको स्थानीयहरुले आरोप लगाएका छन।

पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक समुन्नत अधिकारीले दुईजना प्रहरी घुमवा राखेर सो क्षेत्रबाट हुने तस्करी, लागू औषध गाँजा, चरस, लता कपडा र भारत बाट भित्रिने प्रतिबन्धित लागुऔषध ट्याबलेट लगायतका कारोबरीहरुसंग साँठगाँठ राखेको सो भेगमा रहेको रंगपुर टाडी का एक स्थानीयले नाम न छाप्ने सर्तमा यस अनलाइन लाई बताएका छन।

प्रहरी संगठनको निति नियम र निर्देशनलाई धज्जी उडाउदै आफ्नो विश्वासपात्रको रुपमा रहेका प्रहरी सहायक हवलदार श्रीलाल मण्डल र प्रहरी जवान निरज मण्डललाई घुमुवाको रुपमा खटाई तस्करहरुबाट अवैध रकम असुली गराईरहेको समाचार स्रोतले जनाएको छ ।

ईप्रका पटेर्वा सुगौलीका बदनाम घुमुवाद्वय मण्डलले तस्करहरु सँग मासिक रुपमा नजराना बुझी ग्रिनसिग्नल दिएपछि पाण्डेपुर, पिडारी, महादेवपट्टि नाका भएर भारतबाट अवैध रुपमा कुखुरा, भैसी, कपडा, हार्डवेयर, रजनीगन्धा, चिनी, दुध पाउडर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, स्पेयर पार्टस, माछा लगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु निर्वाध रुपमा नेपालको विभिन्न ठूला शहरहरुमा पुग्ने गरेको बताईन्छ ।

नेपालबाट भारततर्फ लागुऔषध गाँजा र रक्सीको तस्करी भईरहेको बेला–बेलामा हुदै आएको घटनाले पनि प्रष्ट हुन्छ । चितवन, हेटौडाबाट तस्करहरुले लागुऔषध गाँजा भारततर्फ तस्करी गर्नलाई सबैभन्दा सुरक्षित नाकाको रुपमा यही नाकाहरुलाई प्राथमिक्तामा राखेको बुझिन्छ ।

यति मात्र होईन, पटेर्वा सुगौली मातहत पर्ने पटेर्वा सुगौली, जिराभवानी, सखुवा प्रसौनी संग जोडिएको जङ्गल फडानी गरि काठको तस्करी व्यापक रुपमा भईरहेको समाचार प्राप्त भएको छ ।

पर्साको सखुवाप्रसौनी, पटेर्वासुगौली, जीराभवानी गाउँपालिका, पर्सागढी नगरपालिका सँग जोडिएको वन क्षेत्रबाट हुने काठ तस्करहरु सँग पनि घुमुवाद्वय मण्डलले राम्रौ असुली गरिराखेको जनाईएको छ । तस्करहरूले साँझ जङ्गल प्रवेश गर्ने र रूख कटान गरी काँधमा बोकेर अथवा साइकलमा राखेर गोलियाको तस्करी गर्दै आएका छन् । काठ तस्करहरुबाट रकम असुलनका लागि घुमुवाद्वय मण्डलले २÷३ जना सर्वसाधारण व्यक्तिलाई जिम्मा दिएको बुझिएको छ । उनीहरुले आफु प्रहरीको मान्छे हु भन्दै काठ तस्करहरु सँग रकम असुली मण्डलद्वयलाई बुझाउने गरेको बताईन्छ ।

त्यसैगरी सो क्षेत्रमा खुलेका दर्जनौं फर्निचरहरुमा पुगी घुमुवाद्वयले महिनामा एक दुई पटक पुगी कहिले फर्निचरको सामान लिने त कहिले रकम लिने गरेको एक फर्निचरमा काम गर्ने बढईले बताए ।

बदनाम घुमुवाद्वय मण्डलले तस्करहरु सँग मासिक रुपमा करिब ५ लाख देखि ७ लाख सम्म नजराना बुझीसके पछि मातहतमा पर्ने प्रहरी चौकीका स्टाफहरु सँग समन्वय गरी अवैध कार्यहरुलाई प्रशय दिईरहेको स्रोतको भनाई रहेको छ ।

“तस्कर वा व्यपारीलाई कुनै लाईन लिनु परेमा घुमुवाद्वय मण्डल सँग भेट गर्नु पर्छ, भेट गरेर मासिक रकम निश्चित गरेपछि घुमुवाद्वयले नै कुन समयमा नाका कटाउने भनि आफै समय दिन्छन” एक तस्करले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

घुमुवाद्वय मण्डलले तस्करहरु सँग भन्छन्, “तपाईहरुलाई कुनै पनि चौकीका प्रहरीहरुले सामान रोके पछि मण्डल सर सँग कुरा भईसकेको छ भन्नु भनि बताउंछन” ती तस्करले बताए ।
घुमुवा निरज मण्डल यस भन्दा अगाडि वीरगंज भन्सार र सिर्सिया चौकीमा घुमुवाको रुपमा काम गरिसकेको अनुभवी व्यक्ति हुन् ।

अर्का घुमुवा श्रीलाल मण्डल पटेर्वा सुगौली सँगै सिमा जोडिएको ईलाका प्रहरी कार्यालय पोखरियामा दुई कार्यकाल घुमुवा रही उनी पनि अनुभवी व्यक्ति रहेकै कारण यी दुई मण्डलद्वयलाई प्रहरी निरीक्षक अधिकारीले तस्करहरु सँग सेटिङ्ग मिलाउने र रकम असुलीको लागि राखेको प्रहरी स्रोतको दाबी रहेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक अधिकारी र उनका घुमुवाद्वय मण्डलले अवैध कार्यहरुलाई बढावा दिदै पर्सा जिल्लालाई नै बदनाम गराउने कार्यमा तल्लिन देखिएकोले यस तर्फ पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठक र प्रहरी संगठनको माथिल्लो निकायको ध्यान पुग्न आवश्यक रहेको देखिन्छ ।

यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ

काठमाडौँ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ प्रहरी टोलीले आज ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरुलाई पक्राउ गरेको हो । 

ललितपुर प्रहरीले आज एक सूचना जारी गरी यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गर्ने गरेको पाइएपछि १५ जनालाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ । उनीहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखिएको र थप आवश्यक अनुसन्धान थालिएको पनि प्रहरी परिसरले जनाएको छ । 

लुटपाट र ठगीको आरोपमा एक जना पक्राउ

११ चैत, काठमाडौं । १४ लाख रुपैयाँ लुटपाट र नक्कली सुन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गाउँपालिका–७ घर भएका ३८ वर्षीय विजय मोक्तान भनिने धनबीर वाइबा छन् । उनलाई प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

ट्याक्टरको ठक्करबाट बारामा मोटरसाइकल चालकको गयो ज्यान

वीरगञ्ज । बाराका जीतपुरसिमरा उपमहानगरपालिका, डुमरवाना–बडहर्वा सडकखण्डमा भएको दुर्घटनामा एक सेवानिवृत्त शिक्षकको मृत्यु भएको छ। मृतक केदारप्रसाद शर्मा रौतहटको संग्रामपुर घर भई हाल वडा नं. २, जीतपुरसिमरा उपमहानगर पालिका बस्ने ६१ वर्षीय थिए।

शर्मा प्र.०२–०३–०७ प २३४१ नम्बरको मोटरसाइकल चलाउँदै बडहर्वातर्फ जाँदै थिए। त्यहि दिशाबाट गुडिरहेको ना ७ त ५२२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको प्र.०२–०३–००१ त नम्बरको अर्को ट्याक्टरसँग ठोक्किएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका शर्माको उपचारका क्रममा वीरगन्जस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेश भट्ट ले जानकारी दिएका छन्।

मेडिकल अध्ययन पूरा गरेकी युवतीको मृत्यु,हैदराबादमा २३ वर्षीया युवती डाक्टर मृत फेला, पारिवारिक विवाद र मानसिक तनावको आशंका

भारतको Hyderabad बाट आएको एक अत्यन्त दुःखद घटनाले धेरैलाई स्तब्ध बनाएको छ। २३ वर्षीया एक युवती डाक्टर आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानले पारिवारिक विवाद र मानसिक तनावका कारण घटना भएको हुनसक्ने संकेत गरेको छ।

टी प्रिन्सी उर्फ श्रेष्ठका नामले चिनिने ती युवती आफ्नी आमा र हजुरआमासँग बस्दै आएकी थिइन्। केही साताअघि उनले घरमा बिरालो ल्याएकी थिइन्, तर त्यसपछि स्वास्थ्य समस्या देखिएको भन्दै परिवारले बिरालो नराख्न आग्रह गरेको थियो। यही विषयलाई लिएर घरभित्र पटक–पटक विवाद हुँदै आएको बताइएको छ।

शुक्रबार साँझ उनी घरमा एक्लै रहेकी अवस्थामा आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। परिवारका सदस्यहरू घर फर्किएपछि घटना थाहा पाएर छिमेकीमार्फत प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि पठाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरीका अनुसार आमाको उजुरीका आधारमा शंकास्पद मृत्युको मुद्दा दर्ता गरिएको छ र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।

प्रिन्सीले हालै मात्र आफ्नो मेडिकल अध्ययन पूरा गरेकी थिइन् र स्नातकोत्तर प्रवेश परीक्षाको तयारीमा थिइन्। उनी मेडिकल लाइसेन्सका लागि आवेदन दिने प्रक्रियामा समेत रहेको बताइएको छ। उज्ज्वल भविष्य बोकेकी एक युवतीको यस्तो दुःखद अन्त्यले समाजमा मानसिक स्वास्थ्य र पारिवारिक समझदारीको महत्त्वबारे गम्भीर प्रश्न उठाएको छ।

👉 मानसिक तनाव, दबाब र पारिवारिक विवादलाई समयमै सम्बोधन गर्नु अत्यन्त जरुरी छ। कुनै पनि समस्या समाधानभन्दा ठूलो हुँदैन — संवाद, समझदारी र सहयोग नै सबैभन्दा प्रभावकारी उपाय हुन्।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३