KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सिन्धुलीमा जीप सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुलीमा जीप सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

बिरगंज, पर्सा, १ कार्तिक 

Advertisement

सिन्धुली। मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानमा यात्रुवाहक जीप सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा परी अन्य तीन जना बेपत्ता भएका छन्।

Advertisement

 

Ad

प्रहरीका अनुसार आइतबार बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको हो।

Advertisement

 

Advertisement

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य सुरु गरेको थियो। दुर्घटनास्थलबाट तीन जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा घाइते भएका चालकसहित चार जनालाई तत्काल उद्धार गरी उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि. पुर्‍याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई सिन्धुली जिल्ला अस्पताल रिफर गरिएको छ।

 

नदीमा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation