सिरहामा साढे तीन वर्षीया बालिकामाथि यौन हिंसाको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन दबाब दिएको परिवारको गुनासो
बिरगंज, पर्सा, २१ कार्तिक
सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित विश्वशान्ति एकेडेमीमा कार्यरत एक शिक्षक साढे तीन वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
विद्यालयमा अध्यापनसँगै दैनिक प्रशासनिक जिम्मेवारीसमेत सम्हाल्दै आएका करिब २५ वर्षीय सौगात लुइँटेललाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको हो। उनलाई गत मंगलबार पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सिरहा प्रहरीका अनुसार पीडित बालिकाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराइएको छ। स्वास्थ्य परीक्षणपछि बालिकालाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
पीडित परिवारले प्रहरीमा दिएको जाहेरीअनुसार आरोपी शिक्षकले गत कात्तिक ८ देखि १२ गतेसम्म टिफिनको समयमा बालिकालाई विद्यालयको कार्यालयमा लगेर चकलेट दिने तथा विभिन्न प्रलोभन देखाउने गर्दै पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप छ।
बालिकाले कात्तिक १७ गते रुँदै आफूमाथि भएको घटनाबारे परिवारलाई सुनाएपछि मात्र घटना सार्वजनिक भएको जाहेरीमा उल्लेख छ।
परिवारका अनुसार बालिकालाई पिसाब गर्नसमेत कठिनाइ हुन थालेपछि सुरुमा छालासम्बन्धी समस्या भएको आशंका गरिएको थियो। केही दिन विद्यालय नपठाउँदा समस्या कम हुने र पुनः विद्यालय पठाउँदा दोहोरिने भएपछि उनलाई अस्पताल लगिएको थियो। स्वास्थ्यकर्मीले परीक्षणका क्रममा यौन हिंसा भएको हुन सक्ने आशंका व्यक्त गरेपछि परिवारले बालिकासँग सोधपुछ गर्दा घटनाबारे जानकारी पाएको जनाएको छ।
जाहेरी फिर्ता लिन दबाब र धम्की दिएको परिवारको आरोप
आरोपी शिक्षक पक्राउ परेपछि पनि विद्यालय सञ्चालकले केही राजनीतिक दलका नेतामार्फत जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन देखाउँदै दबाब र धम्की दिइरहेको पीडित परिवारको गुनासो छ।
परिवारका एक आफन्तका अनुसार प्रहरीमा किटानी जाहेरी दर्ता भइसकेर आरोपी पक्राउ पर्दासमेत विभिन्न माध्यमबाट आर्थिक प्रलोभन तथा दबाब दिने प्रयास भइरहेको छ।
यता, सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले पीडित परिवारले दिएको जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गरी घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
निष्पक्ष अनुसन्धान र पीडितलाई न्याय दिन मानव अधिकारकर्मीको माग
यसैबीच, विद्यालयमै बालिकामाथि यौन हिंसा भएको घटना सार्वजनिक भएपछि महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सञ्जालकी अध्यक्ष श्यामकुमारी साहले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीडित बालिकालाई न्याय सुनिश्चित गर्न माग गरेकी छन्।
विज्ञप्तिमा बालिकामाथि भएको यौन हिंसा मानव अधिकार, बालअधिकार तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथिको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै पीडितको सुरक्षा, संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको जनाइएको छ।
अनुसन्धान तथा न्यायिक प्रक्रियामा कुनै पनि राजनीतिक, आर्थिक वा अन्य प्रकारको दबाब र प्रभाव पर्न नदिन, कानुनबमोजिम दोषी ठहर हुने व्यक्तिलाई हदैसम्मको कारबाही गर्न तथा पीडित बालिका र परिवारको गोपनीयता, सुरक्षा र सम्मानलाई प्राथमिकता दिन सञ्जालले आग्रह गरेको छ।
त्यस्तै, पीडित बालिकालाई आवश्यक मनोसामाजिक परामर्श, स्वास्थ्य उपचार तथा कानुनी सहायता उपलब्ध गराउन र न्याय प्राप्तिको प्रक्रियामा थप पीडा, धम्की, दबाब वा सामाजिक लाञ्छनाबाट जोगाउन सम्बन्धित निकायसँग माग गरिएको छ।
सञ्जालले स्थानीय सरकार, विद्यालय, प्रहरी तथा सम्बन्धित निकायलाई बालबालिकामाथि हुने यौन हिंसा रोकथाम र संरक्षणका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नसमेत आग्रह गरेको छ।
बालबालिकामाथि हुने यौन हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पार्दै सञ्जालले पीडितको न्याय, सुरक्षा र सम्मानका पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






