KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
विराटनगरमा दुई युवतीलाई बन्धक बनाएर जबर्जस्ती यौनधन्दामा लगाएको आरोप, एक जनाविरुद्ध मुद्दा दायर

विराटनगरमा दुई युवतीलाई बन्धक बनाएर जबर्जस्ती यौनधन्दामा लगाएको आरोप, एक जनाविरुद्ध मुद्दा दायर

बिरगंज, पर्सा, १८ कार्तिक 

Advertisement

विराटनगर । रोजगारीको प्रलोभन देखाएर दुई युवतीलाई बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको आरोपमा मोरङ जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दायर भएको छ ।

Advertisement

 

Ad

जिल्ला सरकारी वकिल कार्यालय मोरङले घटनामा संलग्न रहेको आरोप लागेका परवेज महमदविरुद्ध मुद्दा दायर गरेको हो । घटनामा संलग्न अर्का आरोपित रामविलास महतो भने फरार रहेको जनाइएको छ ।

Advertisement

 

Advertisement

अभियोगपत्रअनुसार बेरोजगार रहेका दुई युवतीलाई होटलमा राम्रो कमाइ हुने काम दिलाइदिने प्रलोभन देखाएर विराटनगर ल्याइएको थियो । त्यसपछि उनीहरूलाई विराटनगर महानगरपालिका–१३ स्थित मलाया रोड नजिकैको एक सुनसान घरमा लगेर बन्धक बनाइएको आरोप छ ।

 

आरोपितहरूले होटल सञ्चालन गर्ने बहानामा घर भाडामा लिएको र त्यहाँका कोठाहरूमा युवतीहरूलाई राखेर बाहिरबाट आउने पुरुषसँग जबर्जस्ती यौनसम्पर्क गर्न बाध्य बनाउने गरेको अभियोगपत्रमा उल्लेख छ ।

 

युवतीहरूले अस्वीकार गर्दा मानसिक तथा शारीरिक दबाब दिने र डरत्रास देखाएर जबर्जस्ती गर्ने गरिएको आरोप छ । उनीहरूसँग यौनसम्पर्क गरेबापत पुरुषहरूबाट रकम असुल्ने तर युवतीहरूलाई भने कुनै पैसा नदिने गरेको अभियोगपत्रमा जनाइएको छ ।

 

पीडित युवतीहरूले असह्य भएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले घटनास्थलमा पुगेर दुवै युवतीलाई उद्धार गरेको थियो । प्रहरीका अनुसार घटनास्थलबाट एक आरोपित परवेज महमदलाई पक्राउ गरिएको थियो भने अर्का आरोपित रामविलास महतो फरार भएका थिए ।

 

अनुसन्धानका क्रममा पक्राउ परेका आरोपितले प्रहरीसमक्ष घटनामा आफ्नो संलग्नता स्वीकार गरेको विवरणसमेत अभियोगपत्रमा उल्लेख गरिएको छ ।

 

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता वसन्त काफ्लेले अदालतमा दायर गरेको अभियोगपत्रमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाहीको माग गरिएको छ ।

 

सरकारी पक्षले आरोपितहरूलाई १० देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न माग गरेको छ । साथै पीडित युवतीहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र फरार आरोपित रामविलास महतोविरुद्ध पक्राउ पुर्जी जारी गर्न पनि माग गरिएको छ ।

 

घटनासम्बन्धी केही प्रमाण परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, सामाखुसी काठमाडौं पठाइएको जनाइएको छ ।

 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation