KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक पक्राउ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक पक्राउ

पोखरा — मादक पदार्थ सेवन गरी विद्यालय बस चलाइरहेका पाँच जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विद्यार्थीको सुरक्षामाथि गम्भीर लापरबाही गरेको आरोपमा उनीहरूलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार नियमित सवारी जाँचका क्रममा विभिन्न स्थानबाट ती चालकहरूलाई नियन्त्रणमा लिइएको हो। जाँचका क्रममा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा माउण्ट हेवन बोर्डिङ स्कुलको ग१क ३६७४ नम्बर बसका चालक ३३ वर्षीय आनन्द परियार र कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग१क १३८२ नम्बर बसका चालक ३७ वर्षीय गौतम गुरुङ रहेका छन्।

Call Us for Ads

त्यसैगरी, बिन्देश्वरी बोर्डिङ स्कुलको ग१क ६२२१ नम्बर बसका चालक ४४ वर्षीय भक्तबहादुर गुरुङ, अञ्जली बोर्डिङ स्कुलको ग१क ६४३ नम्बर बसका चालक ४८ वर्षीय डम्बरबहादुर गुरुङ तथा एसओएस बोर्डिङ स्कुलको ग१क ६४३३ नम्बर बसका चालक ४७ वर्षीय पदम विकलाई पनि मादक पदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार विद्यार्थी बोकेको वा विद्यार्थी लिन जाने क्रममा रहेका सवारी साधनका चालकले मादक पदार्थ सेवन गर्नु गम्भीर कानुनी अपराध हो। पक्राउ परेका सबै चालकविरुद्ध सवारी तथा यातायात सम्बन्धी कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रनाउ बस्नेतले जानकारी दिए।

प्रहरीले विद्यालय बस चालकहरूलाई जिम्मेवार र सजग भएर सवारी सञ्चालन गर्न तथा अभिभावकहरूलाई पनि बालबालिकाको सुरक्षाबारे सचेत रहन आग्रह गरेको छ। आगामी दिनमा पनि विद्यालय बसलगायत सार्वजनिक सवारी साधनमाथि विशेष निगरानी र चेकजाँचलाई कडाइका साथ निरन्तरता दिइने जनाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation