४१५ रुपैयाँको तोरीको तेल किन्दा गौरीशंकरले जिते १० लाख रुपैयाँ!
बिरगंज, पर्सा,१६ कात्तिक
सामान्य किनमेल गर्दा पनि भाग्य चम्किन सक्छ भन्ने उदाहरण बनेका छन् धनुषाका एक युवक। मात्र ४१५ रुपैयाँको सामान खरिद गरेका उनले १० लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्।
धनुषाको नगराइन नगरपालिका–९ घोरघास स्थायी घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले सरकारको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको प्रथम पुरस्कार जितेका हुन्।
पण्डितले गत कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँ बराबरको तोरीको तेल खरिद गरेका थिए। उक्त सामानको भुक्तानी उनले डिजिटल माध्यम ई–सेवाबाट गरेका थिए।
आन्तरिक राजस्व विभागले सोमबार विद्युतीय प्रणालीमार्फत बिल जारी गर्ने ग्राहकलाई लक्षित गरी सञ्चालन गरेको लक्की ड्रको नतिजा सार्वजनिक गर्दा पण्डित प्रथम पुरस्कार विजेता घोषित भएका हुन्।
सरकारले डिजिटल भुक्तानीको प्रयोग बढाउन, आधिकारिक बिलिङ प्रणालीलाई प्रोत्साहन गर्न तथा कर प्रणालीलाई पारदर्शी बनाउन यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सानो रकमको खरिदमा गरिएको डिजिटल भुक्तानीले १० लाख रुपैयाँको पुरस्कार दिलाएपछि पण्डितको यो सफलता चर्चाको विषय बनेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






