KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
१०० रुपैयाँको भन्सार नीति मधेशका भान्सामा राज्यको अवरोधः गगन थापा

१०० रुपैयाँको भन्सार नीति मधेशका भान्सामा राज्यको अवरोधः गगन थापा

१७ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सीमावर्ती क्षेत्रमा १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने सरकारको नयाँ कडाइलाई ‘अव्यवहारिक’ र हेपाहा नीतिको संज्ञा दिएका छन् ।

चुनावी क्षेत्र सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीको भ्रमण गरी फर्किएका थापाले सामाजिक सञ्जालमार्फत आफ्नो गहिरो आक्रोश व्यक्त गर्दै यो व्यवस्थाले मधेशको दैनिकीमा घाउ लगाएको बताएका हुन् । राज्यले यो नीति मार्फत मधेशका हरेक भान्सामा अवरोध खडा गरेको र यसको प्रत्यक्ष मार महिला, विद्यार्थी, किसान र श्रमिक वर्गमा परेको उनको ठम्याइ छ ।

थापाका अनुसार सीमामा भारतबाट एक प्याकेट बिस्कुट लिएर आउने मजदुरलाई समेत २ घण्टासम्म रोकेर सास्ती दिने गरिएको छ, जसले नागरिकको सम्मानमा चोट पुर्‍याएको छ। उनले यो व्यवस्था विगतदेखि नै कानुनको पानामा रहेको र आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा समेत नहटाइनु कमजोरी भएको स्वीकार गरेका छन् ।

Call Us for Ads

तर, यो अव्यवहारिक छ भन्ने बुझेर नै विगतमा यसलाई लागू नगरेको स्मरण गराउँदै उनले अहिलेको सरकारले यसलाई कडाइका साथ कार्यान्वयनमा ल्याएर जनतालाई दुःख दिएको आरोप लगाएका छन् । भन्सार विभागले नै यसबाट उल्लेखनीय राजस्व नउठ्ने स्वीकार गरिसकेको अवस्थामा नागरिकलाई अपमानित गर्ने काम तत्काल रोक्नुपर्ने उनको माग छ ।

सभापति थापाले सीमा क्षेत्रका नागरिकको संवेदनशीलता बुझ्न सरकारलाई आग्रह गर्दै यो अव्यवहारिक निर्णय तत्काल फिर्ता लिन जोडदार माग गरेका छन् । सीमान्त क्षेत्रका नागरिकले देश सम्हालेको उल्लेख गर्दै उनले सीमामा पहिले जस्तै सहज आवतजावत र सुविधा सुनिश्चित हुनुपर्ने बताएका छन् ।

नीतिले संवेदनशीलता बिर्सँदा देशको सीमामा उभिएका नागरिकहरूले सजाय भोग्नुपरेको भन्दै उनले सरकारलाई आफ्नो निर्णय सच्याउन चेतावनी समेत दिएका छन् ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation