KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
गुठी जग्गामा बसोबास गर्नेहरूद्वारा जनकपुरमा बालेन सरकारविरुद्ध प्रदर्शन

गुठी जग्गामा बसोबास गर्नेहरूद्वारा जनकपुरमा बालेन सरकारविरुद्ध प्रदर्शन

१७ वैशाख,वीरगञ्ज । बालेन शाह नेतृत्वको कार्यशैलीविरुद्ध जनकपुर मा स्थानीयले प्रदर्शन गरेका छन्। गुठीको जग्गामा बसोबास गर्दै आएका बासिन्दाले ‘डोजर आतंक’ बढेको आरोप लगाउँदै सरकारको कदमप्रति असन्तुष्टि जनाएका हुन्।

गुठी–कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समितिको ब्यानरमा सडकमा उत्रिएका प्रदर्शनकारीहरूले आफू बसोबास गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउन माग गरेका छन्। साथै, सुकुमवासीलाई उचित व्यवस्थापन नगरी कुनै पनि घरटहरा भत्काउने कार्य नगर्न सरकारसँग आग्रह गरेका छन्।

स्थानीय स्तरमा गुठीको करिब १० बिघा जग्गा अतिक्रमणमा परेको विषय पहिले नै उठ्दै आएको छ। २०६२ सालमा गठन भएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनमा पनि उक्त अतिक्रमणबारे उल्लेख गरिएको छ।

Call Us for Ads

हाल बालेन नेतृत्वको नगर प्रशासनले अतिक्रमित संरचना हटाउने तयारी गरेको चर्चा चलिरहँदा स्थानीयको विरोध प्रदर्शन चर्किएको हो। यस घटनाले जनकपुरको भूमि व्यवस्थापन र सुकुमवासी पुनःस्थापनाको मुद्दा फेरि सतहमा आएको देखिएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation