KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
२४ घण्टामा २१ सय सवारी चालक कारबाहीमा, २६ लाख राजस्व संकलन

२४ बैशाख, काठमाडौं । काठमाडौँका सडकहरूमा ट्राफिक नियमको धज्जी उडाउने चालकहरूका लागि पछिल्लो २४ घण्टा निकै महँगो सावित भएको छ ।

उपत्यकाका विभिन्न स्थानमा गरिएको निगरानी र चेकिङका क्रममा दुई हजार १०५ जना सवारी चालक कारबाहीको फन्दामा परेका छन् । नियम मिच्ने यी चालकहरूबाट मात्रै राज्यकोषमा २६ लाख ६० हजार रुपैयाँ राजस्व दाखिला भएको छ, जसले उपत्यकाको सडक अनुशासन अझै पनि चुनौतीपूर्ण रहेको संकेत गर्दछ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सडक सुरक्षालाई वेवास्ता गर्नेहरू विरुद्धको यो सक्रियताले राजस्व संकलनमा समेत उल्लेख्य भूमिका खेलेको छ ।

कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा बढी लापरबाही ‘लेन’ अनुशासन र तीव्र गतिमा सवारी चलाउनेहरूमा देखिएको छ । ट्राफिक प्रहरीका अनुसार ९९ जना चालक मादक पदार्थ सेवन गरी स्टेरिङ समातेको अवस्थामा फेला परेका छन् भने नियमविपरीत ुराइड सेयरिङु गर्ने १९३ जनालाई पनि कारबाहीको दायरामा ल्याइएको छ ।
त्यस्तै, ट्राफिक सङ्केत उल्लंघन गर्ने १३३, तीव्र गतिमा सवारी हुइँक्याउने १३९ र लेन मिच्ने १३२ जना चालक कारबाहीमा परेका हुन् । सडकको सुरक्षा र सुव्यवस्था बिगार्ने यस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउने भएकाले प्रहरीले कडाइ गरेको देखिन्छ ।

Call Us for Ads

सहरको शान्ति र सहजताका लागि निषेध गरिएका गतिविधिमा पनि प्रहरीको आँखा पुगेको छ । निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा अव्यवस्थित पार्किङ गर्ने ८७ र एकतर्फी (वान–वे) सडकमा सवारी छिराउने ७९ जनालाई ट्राफिकले जरिवाना तिराएको छ ।

यी बाहेक अन्य विभिन्न साना–ठूला ट्राफिक नियम पालना नगर्ने एक हजार १६४ जना चालक पनि प्रहरीको कारबाही सूचीमा परेका छन् । सडकमा देखिने यस्तो अराजकतालाई नियन्त्रण गर्न र चालकहरूलाई जिम्मेवार बनाउन ट्राफिक प्रहरीले आगामी दिनमा पनि चेकिङलाई अझ सशक्त बनाउने रणनीति लिएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation