KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
० वटा ‘समस्याग्रस्त’ संस्थाका ठूला ऋणीको नाम बाहिरियो, सात दिनभित्र सम्पर्क गर्न अल्टिमेटम

२४ बैशाख, काठमाडौं । सर्वसाधारणको पसिनाको कमाइ खाएर फरार भएका र ऋण नतिरी बसेकाहरूका लागि सरकारी संयन्त्रले कडा कदम चाल्न सुरु गरेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लामो समयदेखि बचतकर्ताको रकम फिर्ता गर्न अवरोध बनिरहेका ठूला ऋणीहरूको नाम धमाधम सार्वजनिक गर्न थालेको हो । बिहीबार समितिले पहिलो चरणमा १० वटा समस्याग्रस्त घोषित सहकारीका प्रभावशाली र ठूला ऋणीहरूको नामावली सार्वजनिक गर्दै उनीहरूलाई तत्काल ऋण चुक्ता गर्न चेतावनी दिएको छ । अन्य सहकारीका ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गर्दै जाने समितिको योजनाले अहिले सहकारी क्षेत्रमा तरङ्ग पैदा गरेको छ ।

समितिले बिहीबार सार्वजनिक गरेको सूचीमा घेदुङ, हाम्रो सगरमाथा, तपाईं हाम्रो, नागरिक कल्याण, आइडियल यमुना, तुलसी, नेपाल वित्तीय, ओरिएन्टल कोअपरेटिभ, गौतम श्री र नेपाल सहकारी वित्तीयका ऋणीहरू समेटिएका छन् ।

Call Us for Ads

यी सहकारीहरूबाट ठूलो रकम ऋण लिएर फिर्ता नगर्दा हजारौँ बचतकर्ताको बिचल्ली भएको ठहर गर्दै समितिले ऋणीहरूको विवरण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आधिकारिक वेबसाइटमा समेत राखेको छ । यो कदमले ऋण लुकाएर बस्ने र शक्ति केन्द्रको आडमा उम्किन खोज्नेहरूलाई ठूलो नैतिक र कानुनी दबाब सिर्जना गरेको छ ।

कानुनी कारबाहीको चेतावनी र सम्पर्कको अन्तिम मौका

समितिले जारी गरेको सूचनामा सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी आफ्नो दायित्व भुक्तान गर्न कडा निर्देशन दिइएको छ । यदि तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा उनीहरूको राहदानी रोक्का गर्ने, बैंक खाता फ्रिज गर्ने र चल-अचल सम्पत्ति लिलाम गरी असुलउपर गर्ने जस्ता कानुनी कारबाही अघि बढाउने चेतावनी समेत दिइएको छ ।

समितिका अनुसार अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली पनि तयारी अवस्थामा रहेको र उनीहरूले तत्काल सम्पर्क नगरे क्रमशः सार्वजनिक गरिनेछ । यसले बचतकर्ताहरूमा भने आफ्नो डुबेको रकम फिर्ता हुने झिनो आशा जगाएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation