KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
आर्थिक सुशासनमा ‘जिरो टोलरेन्स’, सीमा सुरक्षामा नयाँ रणनीति : सशस्त्र प्रहरी प्रमुख पौडेल

आर्थिक सुशासनमा ‘जिरो टोलरेन्स’, सीमा सुरक्षामा नयाँ रणनीति : सशस्त्र प्रहरी प्रमुख पौडेल

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले आर्थिक सुशासन, सीमा सुरक्षा र विपद् व्यवस्थापनलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्दै सङ्गठनलाई परिणाममुखी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आईजीपी पौडेलले सङ्गठनको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र व्यावसायिक बनाउने उद्देश्यसहित आवश्यक नीतिगत तथा संरचनागत सुधार अघि बढाइने बताए।

Call Us for Ads

 

 

सीमा सुरक्षालाई थप मजबुत बनाउने क्रममा उनले जनशक्ति र प्रविधिको सीमितताबीच पनि प्रभावकारी परिचालनमा जोड दिइने उल्लेख गरे। सीमा नाकामा हुने आवतजावतलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन तथा सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन ‘बोर्डर इन्टरयाक्सन टिम (बीआईटी)’ को अवधारणा पाइलट परियोजनाका रूपमा लागू गरिने जानकारी दिए।

 

उनका अनुसार प्रमुख सीमा नाकाहरूमा स्क्रिनिङ प्रणालीलाई प्रभावकारी बनाउँदै समकक्षी सुरक्षा निकायसँग समन्वय बढाउन बीआईटी परिचालन गरिनेछ।

 

राजस्व चुहावट नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै आईजीपी पौडेलले सङ्गठनभित्र हुने कुनै पनि प्रकारको आर्थिक अनियमितताप्रति ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अवलम्बन गरिने स्पष्ट पारे। उनले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत बनाउन गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाइने र आवश्यक संरचनागत सुधारसमेत अघि बढाइने बताए।

 

सङ्गठनको दीर्घकालीन विकास र रणनीतिक योजनालाई व्यवस्थित बनाउन ‘नीति अनुसन्धान तथा योजना निर्देशनालय’ लाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले यस निर्देशनालयले भविष्यका चुनौतीहरूको अध्ययन, अनुसन्धान तथा नीतिगत योजना निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

 

विपद् व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरीले स्थापनाकालदेखि नै अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आईजीपी पौडेलले मनसुनलगायत सम्भावित विपद्लाई लक्षित गरी आवश्यक जनशक्ति, स्रोतसाधन र प्रतिकार्य योजना तयारी अवस्थामा राखिएको बताए। सम्बन्धित निकायसँगको समन्वयमा उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाइने उनको भनाइ छ।

 

आईजीपी पौडेलले सीमा सुरक्षा, आर्थिक सुशासन, संस्थागत सुधार र विपद् व्यवस्थापनलाई सन्तुलित रूपमा अघि बढाउँदै सशस्त्र प्रहरी बललाई अझ सक्षम, पारदर्शी र जनविश्वासयोग्य सुरक्षा संगठनका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्याए।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation