KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
गहवामाई रथयात्राको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा

गहवामाई रथयात्राको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा

बिरगंज १३ असार

श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा शनिबार माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। समितिका अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष देवानन्द कलवार,सचिव पप्पु गुप्ता र कोषाध्यक्ष रवि अग्रवाल सम्मिलित समितिले गठन गरेको उपसमितिका संयोजक श्याम गुप्ताको नेतृत्वमा शिविर आयोजना गरिएको हो। शिविरको उद्घाटन चिकित्सक डा। मनोज गुप्ताले गरेका थिए।

 

Call Us for Ads

आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित श्रद्धालु तथा सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रत्येक वर्षझैँ यस वर्ष पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको समितिले जनाएको छ।

 

समितिका सचिव पप्पु गुप्ताका अनुसार असार ३२ गते आयोजना हुने गहवामाई रथयात्राको अवसर पारेर शिविर सञ्चालन गरिएको हो। शिविरबाट ३५५ जनाले स्वास्थ्य सेवा लिएका थिए।

 

शिविरमा आँखा, दाँत, हाडजोर्नी तथा कान रोगसँगै मधुमेह र थाइराइडसम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

 

उपसमितिका संयोजक श्याम गुप्ताका अनुसार शिविरका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको संस्थाको पहलमा निःशुल्क शल्यक्रिया समेत गरिने व्यवस्था मिलाइएको छ। कार्यक्रममा कार्यक्रम सहसंयोजक अनुप कुमार अग्रवाल समितीका सदस्यहरु ओशन गुप्ता, राजन गुप्ता, ललित अग्रवाल, विवेक कुमार, मुन्ना सर्राफ लगायतको सक्रिय सहभागिता थियो ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation