बैंकिङ प्रणालीबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं, २३ वैशाख । बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंक ले २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले आज (बुधबार) बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।
राष्ट्र बैंकका अनुसार ४४ दिन अवधिको अल्पकालीन निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट तानिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो हुने बोलकबोलमा सहभागी भई आफूले प्रस्ताव गर्ने ब्याजदरका आधारमा आवेदन दिन सक्नेछन्।
यस प्रक्रियामा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमको सीमाभित्र रही आवेदन दिन पाइनेछ। आवेदन रकम ५ करोडको गुणकमा हुनुपर्ने व्यवस्था गरिएको छ। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूलाई प्राथमिकताका साथ निक्षेप बाँडफाँट गरिनेछ, साथै एउटै संस्थाले फरक–फरक ब्याजदरमा पनि बोलकबोल गर्न सक्ने सुविधा दिइएको छ।
संकलित रकमको साँवा र ब्याज आगामी असार ५ गते भुक्तानी गरिनेछ। राष्ट्र बैंकले स्पष्ट पारेअनुसार यस उपकरणमा राखिएको रकम अनिवार्य नगद मौज्दात (CRR) मा गणना हुने छैन, तर बैंकहरूको लगानी पोर्टफोलियोमा भने समावेश गर्न मिल्नेछ।
बजारको तरलता अवस्थाअनुसार प्राप्त प्रस्तावहरू पूर्ण वा आंशिक रूपमा स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने राष्ट्र बैंकले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

