KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
बीरगन्ज–३० मा भोजपुरी गीतमाथि प्रतिबन्ध

बीरगन्ज–३० मा भोजपुरी गीतमाथि प्रतिबन्ध

बीरगन्ज,२३ वैशाख । बीरगन्ज  महानगरपालिका वडा नम्बर ३० मा सामाजिक कार्यक्रमहरूमा भोजपुरी गीत बजाउन रोक लगाइएको छ। बढ्दो सामाजिक विकृतिलाई नियन्त्रण गर्ने उद्देश्यसहित वडा स्तरमा यस्तो निर्णय गरिएको हो।

वडाध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा बसेको गाउँ भेलाले विवाह, भोज लगायतका निजी तथा सार्वजनिक कार्यक्रमहरूमा भोजपुरी गीत बजाउन पूर्ण प्रतिबन्ध लगाउने सर्वसम्मत निर्णय गरेको हो। निर्णय उल्लंघन गर्ने व्यक्तिलाई कारबाहीसँगै नगद जरिवाना गर्ने व्यवस्था गरिएको वडाध्यक्ष यादवले जानकारी दिए।

त्यसैगरी, जन्ती आएका बेला सम्बन्धित व्यक्तिको अनुमति बिना सहभागी हुने व्यक्तिलाई पनि कारबाही गरिने निर्णय गरिएको छ। गाउँमा सञ्चालन भइरहेका मदिरा पसलहरू बेलुका ८ बजेसम्म मात्र खुला राख्न पाइने व्यवस्था गरिएको छ।

Call Us for Ads

गाउँ भेलाले राति १० बजेपछि अनावश्यक रूपमा बाहिर हिँडडुल गर्न नपाइने, मदिरा सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्न नदिने लगायतका थप नियमहरू पनि लागू गरेको छ। यस्ता गतिविधि गरेमा सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिएर कारबाही गरिने जनाइएको छ।

स्थानीयका अनुसार पछिल्लो समय जाँडरक्सी सेवनपछि झैझगडा र अव्यवस्थित व्यवहार बढ्दै गएपछि सामाजिक वातावरणमा असर पर्न थालेको थियो। सोही कारण समुदायस्तरमै कडाइ गर्ने निर्णय गरिएको हो।

गाउँ भेलामा जनप्रतिनिधि, प्रहरी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा युवाहरूको सहभागिता रहेको थियो।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation