KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
भारतले भन्यो : लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा दशकौंदेखि चल्दै आएको छ

भारतले भन्यो : लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा दशकौंदेखि चल्दै आएको छ

काठमाडौं :  नेपालको लिपुलेक हुँदै सुरु गर्न लागिएको कैलाश मानसरोवर यात्राबारेमा नेपाल सरकारले पठाएको ‘कूटनीतिक नोट’मा भारतले प्रतिक्रिया जनाएको छ। आइतबार नेपालको परराष्ट्र मन्त्रालयले नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा सरकार पूर्णतः स्पष्ट र अडिग रहेको भन्दै ध्यानाकर्षण गराएको थियो। 

त्यसको प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले लिपुलेक १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘यस विषयमा भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको छ। लिपुलेक १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग हो। यसै बाटो हुँदै यो यात्रा दशकौँदेखि चल्दै आएको छ। त्यसैले यो कुनै नयाँ कुरा होइन।’ विज्ञप्तिमा भनिएको छ, ‘सीमा सम्बन्धी दाबीको हकमा भारतले सधैं यस्ता दाबीहरू न त उचित छन्, न त ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छन् भन्ने कुरा दोहोर्‍याउँदै आएको छ। यसरी एकतर्फी रूपमा क्षेत्रीय दाबी विस्तार गर्ने प्रयास स्वीकार्य हुन सक्दैन।’

Call Us for Ads

 

 

विज्ञप्तिमा भारत नेपालसँग द्विपक्षीय सम्बन्धका सबै विषयमा खुला र सकारात्मक संवाद गर्न तयार रहेको उल्लेख छ। ‘विशेष गरी, दुवै देशबीच सहमति भएका बाँकी सीमा सम्बन्धी मुद्दाहरूलाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न भारत प्रतिबद्ध छ’विज्ञप्तिमा भनिएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation