भारतीय प्रधानसेनापति धीरज सेठ आज नेपाल आउँदै
काठमाडौं, ३१ साउन । भारतीय सेनाका प्रधानसेनापति जनरल धीरज सेठ आज पाँच दिने औपचारिक भ्रमणका क्रममा नेपाल आउँदैछन्। उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा काठमाडौं आउन लागेका हुन्।
नेपाल भ्रमणका क्रममा जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने लामो समयदेखिको परम्परा रहँदै आएको छ।
जनरल सेठ गत जुन ३० मा भारतीय सेनाको ३१औँ प्रधानसेनापति नियुक्त भएका हुन्। नेपाल भ्रमण उनका लागि प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि पहिलो औपचारिक नेपाल भ्रमण हुनेछ।
भ्रमणका क्रममा उनले नेपाली सेनाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछन्।
जनरल सेठ र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ताको तयारीसमेत भएको बताइएको छ। यद्यपि भेटको समयबारे भने अन्तिम टुंगो लागिनसकेको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
भारतीय सेनाप्रमुखको नेपाल भ्रमणलाई दुई देशबीचको परम्परागत सैन्य सम्बन्ध र रक्षा सहकार्यलाई निरन्तरता दिने महत्वपूर्ण भ्रमणका रूपमा हेरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

