KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
छठ पछि मधेसमा सशक्त आन्दोलन गर्ने उपेन्द्र यादवकाे घाेषणा

छठ पछि मधेसमा सशक्त आन्दोलन गर्ने उपेन्द्र यादवकाे घाेषणा

जनकपुरधाम,२७भदाै:जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश निर्माण भए पनि अब मधेस राज्य निर्माणका लागि संघर्ष गर्नुपर्ने बताएका छन् ।

Advertisement

 

Advertisement

जनकपुरमा ९ दलीय ‘अग्रगामी मोर्चा’ले आयोजना गरेकाेे मधेस प्रदेशस्तरीय भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बाेधन गर्दै यादवले

Ad

आफ्नै शासन–प्रशासन, कानुन र भाषाको अधिकार सुनिश्चित नभएसम्म मधेसी जनताले पूर्ण अधिकार प्राप्त गर्न नसक्ने उनको भनाइ थियो ।

Advertisement

 

Advertisement

विगतदेखि नै मधेसी जनताको भाषा, संस्कृति, रहनसहन र पहिचानमाथि विभेद हुँदै आएको तथा उनीहरूमाथि चरम शोषण र दोहन गरिएको आरोप यादवले लगाए । वर्तमान सरकारले पनि मधेसी जनतालाई मतदाता र करदाताका रूपमा मात्रै हेरेको उनको दाबी थियो । सीमाक्षेत्रमा विभिन्न किसिमका कर लगाएर जनतालाई थप बोझ पारिएको उनले बताए ।

 

अध्यक्ष यादवले वर्तमान सरकारलाई ‘कठपुतली सरकार’को संज्ञा दिँदै यसबाट धेरै आशा गर्न नहुने बताए । चुनावका बेला संघीयता बलियो बनाउने प्रतिबद्धता जनाएर वर्तमान प्रधानमन्त्री बालेन शाहले मधेसी जनताको मत लिएको, तर संविधान संशोधनको विषयमा सरकार पछि हटेको उनको आरोप थियो ।

 

नेपालको विद्यमान निर्वाचन प्रणाली भ्रष्टाचारको प्रमुख कारणमध्ये एक रहेको दाबी गर्दै यादवले निर्वाचन प्रणाली परिवर्तन गरी समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।

 

छठ पर्वपछि पनि मधेसी जनताले न्याय र अधिकार प्राप्त गर्न नसके मोर्चाले थप सशक्त आन्दोलन र संघर्ष अघि बढाउने उनले घोषणा गरे ।

 

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले अधिकार प्राप्ति तथा प्राप्त उपलब्धिको संरक्षणका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताए । मोर्चालाई दीर्घकालीन रूपमा टिकाउन आबद्ध नेताहरू इमानदारीपूर्वक अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

 

वर्तमान सरकारप्रति कटाक्ष गर्दै राउतले नेपाली जनतालाई विदेश जानबाट रोक्ने तथा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएको सरकारले दुईतिहाइको समर्थन पाएपछि झन् धेरै नेपालीलाई विदेश जानुपर्ने अवस्था सिर्जना गरेको आरोप लगाए । उनले वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गर्दै आफूहरू नेतृत्व लिन तयार रहेको बताए । स्रोत - madhesh khabar. Com 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation