जेनजी आन्दोलनमा नख्खु जेलबाट फरार कैदी नक्कली सुन देखाएर १ करोड ३९ लाख ठगेको आरोपमा पक्राउ
काठमाडौँ/सुन जस्तो देखिने पहेंलो धातु देखाएर १ करोड ३९ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले टोखाबाट एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग गोँगबुको टोलीले टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेस्ट हाउसबाट ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौँ नयाँ बसपार्क बस्ने २८ वर्षीय अनिष थापा मगरलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार अभियुक्त थापा मगरले पीडितलाई पटक-पटक गरी कुल १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए। उनको साथबाट प्रहरीले नक्कली सुन जस्तो देखिने ८५६ ग्राम पहेंलो धातुसमेत बरामद गरेको छ। पक्राउ परेका उनीमाथि ठगी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
अनुसन्धानका क्रममा पक्राउ परेका थापा मगर यसअघि नै जबरजस्ती करणी कसुरमा कैद भुक्तान गरिरहेका फरार अपराधी रहेको खुलेको छ। उनी २०८२ भदौ २४ गते नखू कारागारबाट भागेका थिए। कारागारबाट फरार भएलगत्तै उनी पुनः काठमाडौँमै नक्कली सुनको प्रलोभन देखाएर ठगी धन्दामा सक्रिय भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






