दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता भएन, अध्ययनकै क्रममा
बिरगंज, पर्सा, १९ कार्तिक
काठमाडौं । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गर्न खोजेको रिट निवेदन बिहीबार दर्ता हुन सकेन।
सरकारले आफूलाई आईजीपी पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि कार्की त्यसविरुद्ध कानुनी उपचारको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए।
कार्कीका तर्फबाट सर्वोच्च अदालत पुगेका अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार अदालत प्रशासनले रिट निवेदन अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता नगरेको हो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो।
नवनियुक्त आईजीपी केसीले बुधबारदेखि नै प्रहरी संगठनको नेतृत्व सम्हालिसकेका छन्।
सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले आफ्नो पदमा पुनर्बहालीको मागसहित सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।
सर्वोच्च अदालत प्रशासनले रिट अध्ययनका लागि समय लाग्ने बताएपछि बिहीबार निवेदन दर्ता हुन नसकेको हो। शुक्रबार रिट दर्ता भए पनि तिहार बिदाका कारण प्रारम्भिक सुनुवाइ भने बिदापछि मात्रै हुने सम्भावना छ।
अब सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्ने वा नगर्ने विषयमा गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






