KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
रविले सरकारको निर्णयमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेनको जवाफ : ‘देश बचाउने र पार्टी बचाउने कुरा फरक हो’

रविले सरकारको निर्णयमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेनको जवाफ : ‘देश बचाउने र पार्टी बचाउने कुरा फरक हो’

बिरगंज, पर्सा, १९ कार्तिक 

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने सरकारको निर्णयबारे प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन् ।

Advertisement

 

Ad

आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयबारे सभापति लामिछानेले बिहीबार प्रतिक्रिया दिँदै सरकारले आफ्नो निर्णयको औचित्य पुष्टि गर्नुपर्ने बताएका थिए । उनले सरकारका निर्णयमाथि प्रश्न उठाउन र स्पष्टीकरण माग्न पार्टीलाई अधिकार रहेको संकेत गरेका थिए ।

Advertisement

 

Advertisement

यसअघि रास्वपाका केही नेताहरूले समेत आईजीपी हटाउने निर्णय पार्टीसँग पर्याप्त छलफल नगरी गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । यसले पार्टी नेतृत्व र सरकारबीचको सम्बन्धलाई लिएर विभिन्न प्रश्नसमेत उठाएको थियो ।

 

रविको प्रतिक्रियापछि प्रधानमन्त्री बालेनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले देशको हित र राजनीतिक दलको स्वार्थबीच फरक रहेको उल्लेख गर्दै सरकारको प्राथमिकता देश बचाउनु भएको बताएका छन् ।

 

प्रधानमन्त्री शाहले लेखेका छन्,

 

‘तिम्रा कार्यकर्ता लड्छन्, नेताहरू बसेर हाँस्छन्, हाम्रा नेता लड्छन्, मानवता आशा गर्छ ! फरक यही हो ! देश बचाउने र पार्टी बचाउने कुरा फरक हो !’

 

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई आईजीपी हटाउने निर्णयमाथि उठेका प्रश्न र पार्टीभित्र देखिएको असन्तुष्टिप्रतिको जवाफका रूपमा हेरिएको छ ।

 

सरकारले बुधबार दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ ।

 

सरकारको उक्त निर्णयपछि प्रहरी नेतृत्व परिवर्तनको औचित्य, निर्णय प्रक्रियामा पार्टीको भूमिका र सरकारको जवाफदेहिताबारे बहस सुरु भएको छ ।

 

यसैबीच, पदबाट हटाइएका पूर्वआईजीपी कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । यसले प्रहरी नेतृत्व परिवर्तनको विषयलाई राजनीतिकसँगै कानुनी बहसको विषयसमेत बनाएको छ ।

 

सरकारको निर्णयबारे उठेका प्रश्नको स्पष्ट जवाफ र सर्वोच्च अदालतको आगामी प्रक्रियाले यो विवादको थप दिशा निर्धारण गर्ने देखिन्छ ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation