KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सांसद शाक्यद्वारा नगद पुरस्कार

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सांसद शाक्यद्वारा नगद पुरस्कार

राजन कुमार बानिया

पर्सा २१ जेठ 

एसईई परीक्षा २०८१ मा पर्सा क्षेत्र नं. ४ भरिमै सर्वोत्कृष्ट नतिजा हासिल गरेका ठोरी गाउँपालिका–४ गौतमनगरस्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी अन्सु खनाललाई रु. ५१ हजार नगद पुरस्कारसहित सम्मान गरिएको छ ।शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूलाई उत्कृष्ट नतिजाका लागि प्रेरित गर्ने उद्देश्यले प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर शाक्यले घोषणा गर्नुभएको पुरस्कार कार्यक्रमअन्तर्गत खनाललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

Call Us for Ads

 

खनालले एसईई परीक्षामा ३.६६ जिपिए प्राप्त गरी पर्सा निर्वाचन क्षेत्र नं. ४ भरिमै प्रथम स्थान हासिल गरेका थिए । जिराभवानी गाउँपालिका अन्तर्गत रहेको श्री वितो महतो जनता माध्यमिक विद्यालय, जितपुर नौकाटोलामा आयोजित कार्यक्रममा माननीय शाक्यले खनाललाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो ।

 

सोही कार्यक्रममार्फत विभिन्न पालिकामा प्रथम हुने अन्य विद्यार्थीहरूलाई समेत जनही रु. २१ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा श्री नेरा माध्यमिक विद्यालय, सेढवाकी राधा कुमारी (जिपिए ३.२५), श्री नेरा माध्यमिक विद्यालय, जगरनाथपुरका अजय साह रौनियार (जिपिए ३.४८), श्री कालीप्रसाद लाखे माध्यमिक विद्यालय, लगडीका सञ्जीव पटेल (जिपिए ३.५१), श्री सुकई साह माध्यमिक विद्यालय, भेडीहारीकी रैणु कुमारी (जिपिए ३.५५) तथा श्री मङ्गल माध्यमिक विद्यालय, भिस्वाका रञ्जित कुमार साह (जिपिए ३.२२) रहेका छन ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय शाक्यले शिक्षा नै विकास र समृद्धिको मूल आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई उच्च लक्ष्यका साथ अध्ययनमा निरन्तर लाग्न आग्रह गर्नुभयो । उहाँले उत्कृष्ट प्रतिभाको सम्मान र प्रोत्साहनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

प्रधानाध्यापक रामशंकर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले यस प्रकारको पुरस्कार व्यवस्थाले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास हुने विश्वास व्यक्त गरेका थिए ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation